फागुन २४ मा बलिउड बादशाह शाहरुख खान नेपाल आउने



रंग खबर, काठमाण्डौं । अन्तत : बलिउडका बादशाह शाहरुख खान नेपाल आउने मिति पक्का भएको छ । एकवर्ष अघिदेखि शाहरुखलाई कन्काई न्यारोल्याक पेन्ट्सले नेपाल ल्याउने तयारी गरिरहेको थियो ।

shahrukh khan

विशेष श्रोतका अनुसार शाहरुख यही आउँदो मार्च ८ अर्थात फागुन २४ गतेका दिन नेपाल आउने पक्का भएको हो । शाहरुखलाई गएको नोभेम्बरदेखि नै नेपाल ल्याउने तयारी थियो । तर ‘फ्यान’ को छायांकन र व्यस्त तालिकाका कारण शाहरुख नेपाल आउन भ्याइरहेका थिएनन् । अहिले उनको ‘रेष्ट’ को समयलाई मिलाएर नेपाल आउने पक्का भएको श्रोतको भनाई छ ।

प्राप्त जानकारी अनुसार शाहरुख २४ घण्टा भन्दा बढी नेपाल बस्ने छैनन् । उनी विहान १०–११ बजेभित्र नेपाल ओर्लिएर रातीको कार्यक्रममा सहभागी भई भोलिपल्ट मुम्बई फर्किने बताइएको छ ।

यस्तै शाहरुखको कार्यक्रमका लागि भने टिकटको व्यवस्था नगरिने भएको छ । शाहरुखको फ्यान अत्याधिक मात्रामा भएकाले टिकटको व्यवस्था गरिदा थेग्न नसकिने भएपछि यो निर्णय गरिएको श्रोतले जनाएको छ । उनको कार्यक्रममा विशेष वर्गका सेलिब्रेटी, पत्रकार र व्यवसायी मात्र सहभागी हुनेछन् । कार्यक्रममा शाहरुखसंगै विल्सनविक्रम राई, प्रियंका कार्की र अकेशा विष्टले स्टेज शेयर गर्ने भएका छन् ।

बलिउड चर्चित सेलिब्रेटीहरु आमिर खान, अक्षय कुमार र सन्नी लियोन लगायत पनि यो वर्ष नै नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्