‘हिम्मतवाली’ को च्यारिटी शो बाट अनाथ बालबालिकालाई सहयोग (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । अनाथ बालबालिकाको सहयोगार्थ चितवनमा रेखा थापा निर्मित फिल्म ‘हिम्मतवाली’ को च्यारिटी शो गरिएको छ । गएको दशैमा रिलिज भएको ‘हिम्मतवाली’ यो वर्षको व्यवसायिक रुपमा सफल फिल्म हो ।

himmatwali 5

चितवन भुमि साप्ताहीक पत्रिकाको आयोजनामा गरिएको च्यारिटी शोमा ‘अपाङ्गता असक्षमता होइन’ भन्ने सन्देश बोकेको फिल्म ‘हिम्मतवाली’ लाई अधिकांशले रुचाएका थिए । यस्तै च्यारिटी शो बाट संकलित रकमले नेपाल स्वयम सेवीहात संस्था भरतपुरमा रहेका अनाथ बालवालीकाहरुका लागी खाद्यन्न, लत्ताकपडा र स्टेशनरी बितरण गरिएको चितवन भुमी साप्ताहिकका प्रकाशक डील्लीराम ढुङ्गानाले जानकारी दिए ।

himmatwali charity

च्यारिटी शोमा प्रमुख अतिथि बनेर आएका चितवनका प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर बिके, नेपाल स्वयम सेवीहात संस्थाका संरक्षक ओम प्रकाश सापकोटा लगायतले पनि फिल्म हेरेका थिए । प्रमुख जिल्ला अधिकारीले बिकेले अपाङ बालबालिकाका लागि गरिएको च्यारिटी शोको खुलेर तारिख गरेका थिए ।

यता ‘हिम्मतवाली’ की निर्मात्री, नायिका र निर्देशक रेखा थापा भने आफ्नो व्यवस्तताका कारण कार्यक्रममा सहभागी हुन सकिनन् । तर उनले अनाथ बालबालिकाको सहयोगार्थ आफ्नो फिल्म देखाउन पाएकोमा खुशी व्यक्त गरेकी छिन् । उनले भनिन्– ‘मेरो फिल्म सामाजिक कामसंग जोडिन पाउँदा निकै खुशी लागेको छ ।’ उनले यसरी नै सामाजिक कार्यमा सहकार्य गर्न आफु सँधै तयार रहेको समेत बताइन् ।

himmatwali 4

नारी प्रधान एक्शन फिल्म ‘हिम्मतवाली’ मा दुवै हात गुमाएका सुदशर्न गौतमको समेत मुख्य अभिनय रहेको थियो । ‘हिम्मतवाली’ पछि अहिले रेखा आफ्नो आगामी पोजेक्ट ‘रामप्यारी’ का लागि व्यस्त छिन् ।

himmatwali 2 himmawali 3

प्रतिक्रिया दिनुहोस्