यसकारण आर्यन सिग्देल स्टारर ‘आवेग’ फागुन ८ मा नआउने



रंग खबर, काठमाण्डौं । फागुन ८ लाई रिलिज मिती तय भएको आर्यन सिग्देल स्टारर फिल्म ‘आवेग’ अब आगामी जेठमा रिलिज हुने भएको छ । पोष्ट प्रोडक्सनको कार्य लम्बिएकाले फिल्म निर्धारित मितिमा रिलिज हुन नसक्ने जानकारी प्राप्त भएको हो ।

aabeg

दुईवटा कारणले गर्दा ‘आवेग’ फागुनमा रिलिज नहुने निर्देशक बसन्त निरौलाको भनाई छ । ‘ एउटा पोष्ट प्रोडक्शनको कारण र अर्को आर्यनकै फिल्म ‘माला’ पनि सोहि मितिमा रिलिज हुने भएपछि हामीले सार्ने निर्णय गरेका हौ’, रंगखबरसंग उनले भने ।  निर्देशक निरौलाका अनुसार फिल्म जेठमा रिलिज गर्ने भएता पनि मिति भने तोकिएको छैन् ।

यता आर्यन अभिनित ‘माला’ ले पनि भर्खरै एक कार्यक्रम मार्फत रिलिज मिति सारेको छ ।  यो निर्णयसंगै अब फागुन ८ मा आर्यनको कुनै पनि फिल्म रिलिज हुने छैनन् ।

एक्सन प्रधान फिल्म ‘आवेग’ मा आर्यनसँगै पबित्रा आचार्य, धुर्व दत्त र अर्चना देलालाको पनि मुख्य अभिनय रहेको छ । यो फिल्मले नेपालको प्रदर्शन मिति तय भएसँगै बेलायत सहित युरोपका करिब आधा दर्जन देश, अष्ट्रेलिया तथा अमेरिकामा समेत प्रदर्शनको मिति तय हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्