सेन्सर बोर्डले प्रतिबन्ध लगाएको दृश्य युट्यूबमा, दर्शकलाई प्रश्न– ‘के यो निष्पक्ष हो र ?’



रंग खबर, काठमाण्डौं । आगामी फागुन २२ गतेदेखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘झिग्राना’ लाई सेन्सर बोर्डले ‘बेड सिन’ हटाएर पनि एडल्ट सर्टिफिकेट दिएपछि निर्माण युनिटले आपत्ती जनाएको छ । सेन्सर बोर्डले हटाउनु भनेको दृश्यलाई युट्युबमा सार्वजनिक गर्दै निर्माण कम्पनी गोल्डेन याक इन्टरटेन्मेन्टले आपत्ती जनाएको हो ।

jhigrana

विश्वव्यापी परिभाषा अनुसार एडल्ट सर्टिफिकेट दिनु भनेको १८ वर्षभन्दा मुनिका दर्शकका लागि त्यो फिल्म अनुपयुक्त भएकाले हेर्न नपाउनु हो । ‘तर बेड सिनलाई हटाएर एडल्ट सर्टिफिकेट दिनु निष्पक्ष हो र ?’, झिग्राना युनिटले आम दर्शकसंग प्रश्न गरेको छ । आफुहरुले हटाउन भनिएको दृश्यलाई निकै नै मिहनेत गरेर कलात्मक ढंगले खिचिएको निर्माण पक्षको दाबी समेत छ ।

पासाङ लामा निर्देशित फिल्म ‘झिग्राना’ ले अनुसन्धानको लागि गाउँ हिंडेको गैर सरकारी संस्थाका कर्मचारी र यात्रामा आइपर्ने कठिनाई बारे देखाएको छ । गोल्डेन याक इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो फिल्ममा शान्ती गिरी, हाना जी, ज्योती कार्की, अरुण रेग्मी, दिवाकर पिया, बिना पाण्डे लगायतका कलाकारको अभिनय छ ।

सेन्सर बोर्डले कैँची लगाएको दृश्य यस्तो छ :-

[its_video]http://youtu.be/NA5WX9fuVZc[/its_video]

 

 

प्रतिक्रिया दिनुहोस्