भ्यालेन्टाइनको छेकोमा ‘वन वे’ र ‘सुन्तली’ देशभर, कसले मार्ला बाजी ?



रंग खबर, काठमाण्डौं, फागुन ०१– ‘भ्यालेन्टाइन डे’ अर्थात ‘प्रेम दिवस’ को छेको पारेर यो शुक्रवार (आज) बाट दुई नेपाली सिनेमा प्रदशर्न हुँदैछन् । निर्माता संघका अध्यक्ष राजकुमार राईको फिल्म ‘वान वे’ संग भाष्कर ढुङ्गानाको ‘सुन्तली’ प्रतिष्पर्धामा आएको हो । भिन्न जनरामा रहेका यि दुवै फिल्म नेपाली दर्शकमाझ प्रतिक्षित हुन् ।

one way and suntali

आरसी पिक्चर्सको ब्यानरमा बनेको ‘वन वे’ मा डनका रुपमा परिचित दिपक मनाङेको लगानी रहेको छ । फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । बाबु आमा नमिल्दा छोरा छोरी कसरी गलत बाटोमा लाग्दा रहेछन् भन्ने कुरालाई यो फिल्मले देखाउन खोजेको छ । फिल्ममा दिपक मनाङेका छोरा सिद्धार्थ गुरुङ र माला सुब्बा नवजोडीका रुपमा देखिएका छन् । सदाबहार नायिका करिष्मा मानन्धर, रविन तामाङ, विल्सनविक्रम राई र प्रकाश ओझाको पनि फिल्ममा मुख्य अभिनय रहेको छ ।

यस्तै भाष्कर ढुंगानाले निर्देशन गरेको फिल्म ‘सुन्तली’ सोसियल ड्रामा जनराको फिल्म हो । यो फिल्ममा प्रियंका कार्की, सुर्यमाया खनाल, अन्जु देउजा, विपना बस्ने, अर्पण थापा लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्ममा प्रियंका  मुख्य पात्र ‘सुन्तली’ को भुमिकामा देखिदैछिन् । एउटा गाउँमा जब एक सुन्दरी यूवतीको प्रवेश हुन्छ, त्यसपछि आउने खलबलीलाई यो फिल्मले उठान गरेको बताइएको छ ।

बलिउडको ‘रोय’ र हलिउडको ‘द ब्वाई नेक्स्ट डोर’ पनि
roy and the boy next door
शुक्रवार बाट नै बलिउडको प्रतिक्षित फिल्म ‘रोय’ नेपालमा पनि प्रदशर्नमा आउँदैछ । चोरीको कथामा आधारित यो फिल्ममा रणवीर कपुर, अर्जुन राम्पाल र ज्याकलिन फर्नान्डिजको मुख्य अभिनय छ । एक्सन, ड्रामा र रोमान्स जनरामा राखिएको यो फिल्मलाई विक्रमजीत सिंहले निर्देशन गरेका हुन् ।

यस्तै रब कोहेनले निर्देशन गरेको हलिउड थी्रलर फिल्म ‘द ब्वाई नेक्सट डोर’ पनि आजैबाट राजधानीका मल्टिप्लेक्स हलमा प्रदशर्न हुने भएको छ । यो फिल्ममा जेनिफर लोपेथ, रियान क्याभानग र क्रिस्टिन डेभिसको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्