अनमोलले समय मागेपछि चर्चित मोडल पल शाह अब ‘लभबर्ड’ मा देखिने



रंग खबर, काठमाण्डौं । म्युजिक भिडियोका चर्चित मोडल पल शाह अब फिल्ममा देखिने भएका छन् । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको कार्यकारी निर्माण र सुरेश दर्पण पोखरेलको निर्देशनमा बन्ने फिल्म ‘लभबर्ड’ मार्फत उनी फिल्ममा डेब्यु हुने भएका हुन् ।
love  birds

‘भ्यालेन्टाइन डे’ को दिन आयोजत प्रेसमिट मार्फत निर्माण टिमले फिल्मको घोषणा गरेको हो । ‘होस्टेल’ र ‘जेरी’ मार्फत युवा पुस्ता माझ रुचाइएको नायक अनमोल केसीले आफ्नो लागी ८ महिना कुर्नुपर्ने बताएपछि मोडल शाहले ‘लभबर्ड’ मा मुख्य भुमिका निभाउने अवसर पाएको समेत कार्यक्रममा निर्देशक पोखरेलले जानकारी दिए । ‘लभबर्डमा अनमोललाई नै मुख्य भुमिकामा अभिनय गराउने हाम्रो चाहना थियो । तर, अनमोलले ८ महिना कुर्न आग्रह गरेपछि पललाई लिएर फिल्म बनाउने निर्णय गरेका हौं ।’

फिल्ममा पलको जोडीका रुपमा मोडल वर्षा राउत देखिनेछिन् । यो फिल्ममा ‘उत्सव’ नायक संजोग कोइराला र कलाकार सलोन बस्नेतको पनि महत्वपूर्ण भूमिका रहने छ ।

लामो अनुसन्धानपछि ‘लभबर्ड’ निर्माण हुन लागेको कार्यक्रममा निर्देशक पोखरेलले बताए । उनले फिल्मको छायाँकन बैशाखदेखि सुरु गर्ने योजना समेत सुनाए । झण्डै तीन वर्षअघि रिलिज भएको फिल्म ‘थ्रि लभर्स’ निर्देशक पोखरेलको पछिल्लो निर्देशकिय फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्