‘भ्यालेन्टाइन डे’ मा सुष्मा कार्कीको जन्मदिन, यसरी मनाइन् (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । नायिका सुष्मा कार्कीलाई फ्रेबअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ विशेष बन्यो । आफ्नो जन्मदिन पनि सोहि दिन परेपछि उनले प्रणय दिवस (शनिवार) को राती आफ्नो जन्मदिनको केक काटिन् र ‘डबल’ शुभकामना आदानप्रदान गरिन् ।
susma  karki 5

सुष्मा अभिनित पछिल्लो छायाँकनरत फिल्म ‘चलेछ बतास सुस्तरी’ का मुख्य निर्माण युनिट, पारिवारीक सदस्य, केही फिल्मकर्मी र संचारकर्मीका बिच लाजिम्पाटको एक रेष्टुरेन्टमा उनले जन्मदिनको केक काटेकी थिइन् । अधिकांश सहभागीले सुष्मालाई भ्यालेन्टाइन र जन्मदिन दुवैको शुभकामना दिइरहेका थिए । सुष्मा पनि प्रेम दिवसकै दिन जन्मदिन परेपछि निकै खुशी देखिन्थिइन् ।

यसैगरी जन्मदिनकै अवसरमा आयोजित सोही पार्टीमा सुष्मा अभिनित प्रेम कथाको फिल्म ‘चलेछ बतास सुस्तरी’ को दुई वटा पोस्टर पनि सार्वजनिक गरियो । नायक प्रमोद भारद्वाज र ‘वर्थ डे गर्ल’ सुष्माले फिल्मको पोस्टर संयुक्त रुपमा सार्वजनिक गरेका थिए । फिल्ममा सुष्मा र प्रमोद प्रेम जोडी भएर प्रस्तुत भएका छन् ।
susma karki birthday
स्क्रिप्ट राईटर प्रदीप भारद्वाजको पहिलो लगानी रहेको फिल्म ‘चलेछ बतास सुस्तरी’ पूर्ण प्रेम कथामा आधारित छ । स्क्रिप्ट राईटर प्रदीप भारद्वाजको फिल्मबाट नायिका सुष्मा कार्कीको रजतपटमा नयाँ उचाइ थपिने समेत विश्वास गरिएको छ ।

 नायिका सुष्मा कार्कीको जन्मदिनका केही तस्बिरहरु हेरौं :-
susma karki 3
susma karki 6
sushma 2
sushma karki 4

प्रतिक्रिया दिनुहोस्