दिपकले प्रियंकालाई भने– ‘न म हेन्ड्सम छु, न म पर्फेक्ट छु’ (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । हास्य कलाकार दिपकराज गिरीले नायिका प्रियंका कार्कीलाई एकटकले हेरिरहे । अनि अकस्मात्  यसो भन्न थाले :-
न म  हेन्ड्सम छु, न म पर्फेक्ट छु
न मसँग बडी छ, हातमा सिम्पल घडी छ
वाईयात छ तिम्रो लभ स्टोरी ….

wada number 5
उनले यसो भनिरहँदा दिपाश्री निरौला भने टुलुटुलु दिपकराजलाई नै हेरिरहेकी थिइन् । एकछिन मै कोरियोग्राफर गम्भिर विष्टले कट भने । यो दृश्य भर्खरै राजधानीस्थित थापाथलीको राम मन्दिरमा देखिएको थियो । जहाँ प्रतिक्षित फिल्म ‘वडा नम्बर ६’ को गीतको छायांकन भइरहेको थियो । यो गीतलाई दिपकराज आफैले लेखका हुन् भने यसमा संगित सुगम पोखरेलको रहेको छ । स्वर पनि सुगम र प्रिति कौरको रहेको छ ।

wada number 4

परिस्थितीजन्य यो गीतलाई दर्शक तथा श्रोताले मनपराउने विश्वास रहेको फिल्मकी निर्मात्री दिपाश्री निरौलले बताइन् । गीतमा दिपक र प्रियंकामात्र फिचरिङ छन् ।

दिपकराज, दिपा र निर्मला शर्माले सँयुक्त रुपमा निर्माण गरेको यो फिल्ममा चारवटा गीत रहेका छन् । जसमध्ये ‘थैलो खै पटकु खै’ बोलको गीतको छायांकन भइसकेको छ  । जसमा फिल्मका कलाकारहरु दिपकाराज, दिपा, प्रियंका, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, दयाहाङ राईले नृत्य पस्केका छन् । अब फिल्मको दुई गीतको छायांकन बाँकी छ ।

wada number 6
काठमाण्डू बाहिर न्यूनतम ३५ लाख रुपैयाँमा एफडि कम्पनीलाई वितरणको जिम्मा दिइएको ‘वडा नं ६’ को प्रदशर्न मिति तोकिएको छैन् ।

wada number 3
wada number 2

प्रतिक्रिया दिनुहोस्