‘मिसन पैसा २’ मा ‘सिज्लीङ हट हर्षिका’ र ‘स्टायलिस एक्सन’ ! (ट्रेलरसहित)



रंग खबर, काठमाण्डौं । माधव वाग्ले र नरेन्द्र महर्जनको सँयुत्त लगानीमा निर्माण भएको फिल्म ‘मिशन पैसा २’ को सोमबार एक कार्यक्रमका बिच राजधानीमा अडियो विमोचन गरिएको छ । फिल्मका निर्माता र कलाकारले सँयुत्त रुपमा अडियोको विमोचन गरेका थिए ।

audio launch

सिमोश सुृनुवारको निर्देशनमा बनेको यो फिल्ममा रेश महरठ्ठा, आमिर गौतम, हर्षिका श्रेष्ठ र निशा अधिकारीको मुख्य अभिनय छ । कार्यक्रममा नायक रेशले फिल्म ढिलो प्रदशर्नमा आएपनि राम्रो रहेको प्रतिक्रिया दिए । यस्तै अर्का अभिनेता आमिरले फिल्मको एक्सन निकै राम्रो र फरक रहेको बताए ।

त्यस्तै कार्यक्रममा ढिलो आइपुगेकी नायिका हर्षिका श्रेष्ठले आफुलाई ‘सिज्लीङ हट हर्षिका’ भनेर चिनेकोमा खुशी व्यक्त गरिन् । अर्की नायिका निशा अधिकारीले फिल्ममा एक्शन गर्नका लागि आफुले निकै मिहेनत गरेको बताइन् । फिल्मका द्धन्द निर्देशक राजकुमार उप्रेतीले यो फिल्ममा दर्शकले ‘स्टायलिस एक्सन’ पाउने बताए ।

harsika, resh

हरी हुमागाँइको छायांकन र दिर्घ खड्काको सम्पादन रहेको यो फिल्ममा स्वर्गिय पाण्डव सुनुवारको संगीत रहेको छ । फिल्ममा नायिका प्रियंका कार्कीको समेत कोरियोग्राफी र नृत्य रहेको छ । आगामी फागुन १५ मा सार्वजनिक प्रदशर्नमा आउने यो फिल्मको दुई गीत र ट्रेलर समेत कार्यक्रममा देखाइएको थियो ।

Watch Once Again Trailer Of Mission Paisa 2 :

[its_video]http://youtu.be/UkjJyaVk8sc[/its_video]

प्रतिक्रिया दिनुहोस्