पलको जन्मदिनमा गायक सपनको ‘भुन्टे दाई’ सार्वजनिक (भिडियो हेरौँ)



रंग खबर, काठमाण्डौं । गायक सपन श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘भुन्टे दाई’ सार्वजनिक गरिएको छ । राजधानीमा आइतवार साँझ एक औपचारिक कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
bhunte dai

चर्चित गायक दिप श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मोडल पल शाहको जन्मदिनको केक समेत काटिएको थियो । कार्यक्रममा केही चलचित्रकर्मी, संचारकर्मी र संगीतकर्मीको सहभागिता थियो ।
paul shaha and others

गायक श्रेष्ठको सार्वजनिक गीतमा बिदुर पाण्डेको छायाँकन रहेको छ जसलाई प्रसन्न पौडेलले निर्देशन गरेको छन् । गीतलाई गणेश भण्डारीले संगीत दिएका छन भने भिडियोमा पल शाह,बिनोद न्यौपाने,प्रज्वल गिरी लगाएत विभिन्न अन्य कलाकारहरुसँगै गायक श्रेष्ठ आफैँले समेत अभिनय गरेका छन। यो म्युजिक भिडियोलाई आफुले निकै मिहिनेत गरेर तयार गरेको भन्दै आफु निकै आशावादी रहेको गायक श्रेष्ठले बताए ।

तलको लिंक क्लिक गरेर हेर्नुस् ‘भुन्टे दाई’ गीत :-

[its_video]http://youtu.be/06QfnzWA5ow[/its_video]

 

प्रतिक्रिया दिनुहोस्