हवल्दार सुन्तली गीत : शिल्पालाई देखेर सविनको घण्टी बज्यो (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी चैत्र २७ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको फिल्म हवल्दार सुन्तलीको ‘घन्टी बज्योे बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ नम्वरको यस गीतमा शिल्पा पोखरेल र सविन श्रेष्ठ फिचरिङ छन् ।
ghanti bajyoपछिल्लो समयका व्यस्त संगीतकार टंक बुढाथोकीको संगीत रहेको यस गीतमा स्वर पनि स्वयम् उनकै छ । उनलाई ‘फिमेल भ्वाइस’ मा गायिका मिलन अमात्यले साथ दिएकी छिन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । मदनकास्यप घिमिरेको छायाँकन रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको छ ।

ऋषि लामिछाने निर्देशित फिल्म ‘हवल्दार सुन्तली’ आफ्नै सहकर्मीबाट बलात्कृत हवल्दार सुन्तली धामीको घटनाक्रमबाट प्रभावित भनिएको छ । फिल्ममा सविन र शिल्पासँगै अर्का नायका किशोर खतिवडाको पनि अभिनय रहेको छ ।

‘घन्टी बज्यो’ गीत हेर्न यहाँ क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/F5fEJCuKuEw[/its_video]

 

प्रतिक्रिया दिनुहोस्