वरिष्ठ फिल्म निर्देशक शर्मा र पहिलो नेपाली नायिकासहित ९ चलचित्रकर्मी सम्मानित



रंग खबर, काठमाण्डौं । चलचित्र ‘बदलिँदो आकाश’ बाट नेपाली फिल्म निर्देशनमा प्रवेश गरेका वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् । फिल्मी बजार डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित ‘चलचित्रकर्मी सम्मान समारोह २०७१’ मा उनीसहित ९ चलचित्रकर्मीलाई सम्मान गरिएको हो ।
samaan final

माननीय सुचना तथा संचार मन्त्रि डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालकी पहिलो नायिका भुवन चन्दलाई ‘अग्रज कलाकार सम्मान’ प्रदान गरिएको थियो । यसैगरी ७ वर्ष ३ सय ४० दिनको उमेरमा फिल्म ‘लभ यू बाबा’ निर्देशन गरेर गिनिज बुकमा विश्वकै कान्छो निर्देशकका रुपमा नाम लेखाएका सौगात बिष्टले कार्यक्रममा ‘प्रोत्साहन सम्मान’ पाए । त्यसैगरी कार्यक्रममा नरेन्द्र महर्जनलाई ‘वितरक सम्मान’ र छाँयाकार मन्जु कुमार श्रेष्ठलाई ‘प्राबिधिक सम्मान’ प्रदान गरिएको थियो ।
samaan final 2

कार्यक्रममा तीन चलचित्र पत्रकारलाई समेत सम्मान गरिएको थियो । ‘चलचित्र पत्रकारिता सम्मान’ का रुपमा टेलिभिजनतर्फ प्रकाश सुबेदी र पत्रिकातर्फ र बिदुर गिरीलाई सम्मानित गरिएको थियो भने ‘चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ का रुपमा अनलाईनतर्फ सुमन गैरे सम्मानित भएका थिए ।
filmybazar saman

नवप्रतिभा कलाकारका रुपमा नायिका शिल्पा पोखरेललाई पनि सम्मान गरिएको थियो । तर उनी सम्मान लिन भने सहभागी थिइनन् ।
saugat bista final

प्रतिक्रिया दिनुहोस्