‘भिमदत्त’ को नयाँ ट्रेलर: देखियो नवल र सुमिनाको यस्तो प्रेम (भिडियो)



रंग खबर, काठमाण्डौं । यही फागुन २२ गते प्रदर्शन हुने फिल्म ‘भिमदत्त’ को ३० सेकेण्ड लामो प्रोमो रिलिज भएको छ । सार्वजनिक ‘भिमदत्त’ को प्रोमोमा नायिका सुमिना घिमिरेको चोलीको तुना नायक नवल खड्काले खोलेको रोमान्टिक दृश्यलाई देख्न सकिन्छ । यो सँगै प्रोमोमा भारतिय सेनाको टाउको छिनालिएको डरलाग्दो दृश्य पनि छ ।
nawal and sumina
किसान नेता भिमदत्त पन्तको शिर्ष भूमिकामा प्रस्तुत भएका नवल खड्काको पत्नीको भूमिकामा नायिका सुमिना घिमिरे ‘भिमदत्त’ मा प्रस्तुत भएकी छन् । यद्पी सुमिना हाल फिल्मी सर्कलसँग नजिक छैनन् । प्रेमीसँग बिहे गर्ने भन्दै सुमिना फिल्म क्षेत्रबाट टाढा भएकी हुन् । फिल्म ‘भिमदत्त’ मा नवल र सुमिनासँगै नायिका निशा अधिकारी, कलाकारहरु रमेश बुढाथोकी, श्रीराम पुँडासैनी, कविता शर्मा लगायतको अभिनय छ ।

हिमग्याप लामा ‘टासी’ निर्देशित फिल्म ‘भिमदत्त’ को देश तथा विदेशमा च्यारेटी शो सम्पन्न भएको छ ।

सार्वजनिक प्रोमो हेर्न तलको लिङ्कमा क्लिक गर्नुस् :-

[its_video]http://youtu.be/sGyBCBacXsY[/its_video]

 

प्रतिक्रिया दिनुहोस्