बुटवलबाट शुरु भयो त्रिकोणात्मक प्रेम कथामा ‘प्रेमी’



रंग खबर, काठमाण्डौं । त्रिकोणात्मक प्रेम कथा बोल्ने फिल्म ‘प्रेमी’ को छायाँकन बुटवलबाट शुरु भएको छ । फागुन १ मा मुहर्त भएसँगै यो फिल्मको छायाँकन शुरु भएको हो ।
preemmmiii

विवेक थापाको कथा तथा निर्देशन रहेको यो फिल्मलाई काँसिनाथ पन्थीले लगानी गर्दैछन् । प्रेम र एक्शनको समिश्रण बोकेको ‘प्रेमी’ मा कपिल गैरे, सुजना ढकाल, निशान्त पाण्डे, आकांक्षा पराजुली, विमल डोटेल, प्रकाश चापागाईं, ईन्द्रलाल खड्गी, रेश्मा केसी, काँसिनाथ पन्थी, पशुपति नेपाल र सानोपर्दाका अनुभवी कलाकार सुरेन्द्र बरालको अभिनय रहनेछ ।

बुटवल, काठमाडौँ, पोखरा तथा धरान लगायतका ठाउँका दृश्यहरु समावेश रहने ‘प्रेमी’ मा नृत्य पनि निर्देशक विवेकको समावेश हुने जानकारीमा छ । १ महिनामा सुटिङ सकाईने लक्ष्य बोकिएको यो चलचित्रका सम्पुर्ण गीत रेकर्डिङ भईसकेका छन् । जहाँ बिकाश चौधरीको संगीत समावेश छ भने चलचित्रमा समावेश चार गीतमा स्वर डेभिड शंकर र एनी श्रेष्ठको रहेको छ भने गीतको रचनाकार मदन घिमिरे र दिनेश सुवेदी छन् ।
premi

गोपाल परियारको द्वन्द्व रहने ‘प्रेमी’ को अनुमानित बजेट २५ देखी ३० लाखको बीचमा रहेको निर्माता काफ्लेले बताए । मोफसलको टिमबाट नै तयार भईसकेको काफ्लेको लगानी रहेको अर्को चलचित्र ‘उधुम’ अहिले प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्