ह्याप्पी बर्थडे टु यू प्रियंका । बलात्कार पिडित र असहायका बच्चासंग जन्मदिन



रंग खबर, काठमाण्डौं । तिथिका हिसाबले शिवरात्रीमा जन्मिएकी अभिनेत्री प्रियंका कार्कीको आज अर्थात फेब्ररी २७ का दिन जन्मदिन परेको छ । अघिल्लो वर्षझै बलात्कारको शिकार भएका र असहायहरुको बच्चा पढ्ने विद्यालयमा गएर प्रियंकाले यो वर्षपनि आफ्नो जन्मदिन मनाउने योजना बुनेको बुझिएको छ  ।
happy birthday priyanka

भक्तपुरमा रहेका लाइभ भिजन स्कुलका ३५भन्दा बढी विद्यार्थीहरुलाई पाठ्य सामग्री र चकलेट वितरण गर्दै उनले आफ्नो जन्मदिन मनाउने गरेको जानकारी दिइन् । विगत दुईवर्ष अघिदेखि प्रियंकाले त्यँहा गएर जन्मदिन मनाउने गरेको बताइएको छ । ‘मलाई ति बच्चाहरुसंग बर्थडे मनाउँदा रमाईलो लाग्छ, त्यसैले त्यँहा जान्छु’, प्रियंकाले एक अनलाईनसंगको कुराकानीमा भनिन् ।

priyanka celebrating bday

बुवा–आमाको मायाले आफु आफु केहि पुलपुलिएको बताउने प्रियंकाले हरेक वर्ष आफ्नो जन्मदिन विशेष हुने बताइन् । ‘म जन्मदिनमा भगवानसंग केही माग्दिन्, बरु सधै यसरि नै मेहनत , इमान्दारिता र लगनशीलताको साथ् काम गर्न पाउँ भनेर आर्शिवाद माग्छु’, उनले भनिन् । फिल्म प्रदर्शनका हिसाबले ‘थ्री लभर्स’ बाट डेब्यु भएकी नायिका प्रियंका अहिलेकी चल्तीकी नायिकाका रुपमा चिनिन्छिन् । पछिल्लो समय नेपाली फिल्म क्षेत्रकै व्यस्त नायिकाको रुपमा प्रियंकालाई लिने गरिएको छ । ‘सडङ्ग’ र ‘नाई नभन्नु ल ३’ यो वर्ष नै प्रदशर्न हुने तयारीमा रहेको प्रियंका अभिनित फिल्महरु हुन् । अहिले प्रदशर्न भइरहेको फिल्म ‘मिशन पैसा २’ मा पनि प्रियंकाको कोरियोग्राफी र एउटा गीतमा नृत्य रहेको छ ।

त्यस्तै प्रियंका अभिनित अर्को प्रतिक्षित फिल्म ‘वडा नम्बर ६’ पनि हो जुन अर्को वर्ष प्रदशर्नमा आउँदैछ । फिल्मका निर्माताद्धय दिपकराज गिरी र दिपाश्री निरौलाले फिल्मको तर्फबाट प्रियंकाको जन्मदिनको केक काटिदिएका छन् । प्रियंकाले उक्त तस्विरलाई फेसबुकमा समेत अपलोड गरेकी छिन् ।
priyanka 2‘बर्थडे गर्ल’ प्रियंका अभिनित सबै फिल्मले सफलता चुमुन् । रंग खबरको तर्फबाट पनि जन्मदिनको शुभकामना ।
Priyanka Karki 3

प्रतिक्रिया दिनुहोस्