केकीले गरिन् ‘दर्शन नमस्ते’ उद्घाटन । राजेशले भने– ‘केकी मलाई मनपर्ने नायिका’



रंग खबर, काठमाण्डौं । चर्चित गायक राजेशपायल राई शनिवार साझ आफ्नो नयाँ रेष्टुरेन्टको उद्घाटन गर्दै थिए । जहाँ उनले सिमित संचारकर्मी र कलाकर्मीलाई मात्र निम्तो दिएका थिए । राजेशका शुभचिन्तक यत्ति धेरै छन् कि उनले ति सबैलाई बोलाएको भए त्यो तीनतले रेष्टुरेन्टले धान्दैनथियो । सहभागी सबैलाई लागेको थियो राजेशले आफ्नो ‘दर्शन नमस्ते रेष्टुरेन्ट एण्ड क्याफे’ को उद्घाटन आफै गर्लान् तर त्यसो भइदिएन् ।
rajesh payal and keki

बहराइनको कार्यक्रमछि नजिकिएकी नायिका केकी अधिकारीसंगै रिवन काटेर राजेशले आफ्नो रेष्टुरेन्टको उद्घाटन गरे । त्यसपछि केकीको हातबाट रेष्टुरेन्ट उद्घाटनको केक समेत काटियो । सो रेष्टुरेन्टको उद्घाटनका लागि आफुलाई बोलाइएको हो भन्ने कुरा केकीलाई त्यहाँ आइपुग्दासम्म थाहा दिइएको रहेनछ । केकी भन्दैथिइन्– ‘मलाई राजेश दाईले काम छ भनेर बोलाउनुभएको थियो तर आउँदा यस्तो सरप्राइज पो रहेछ ।’ ‘म कुनै पनि काम प्लान गर्दिन्, यसरी नै गर्दा मज्जा आउँछ ’, राजेशको भनाई यस्तो थियो ।
rajesh payal with keki

त्यसो त रेष्टुरेन्ट उद्घाटनसंगै सांगितिक वल्र्ड टुरको सफलताको खुशीयाली बाड्न समेत आयोजना गरिएको सो अवसरमा नायिका मात्र होइन् युवती मध्ये नै निम्ताइएकी एक्ली थिइन् केकी । राजेशसंग धेरै नायिकाहरु निकट हुँदाहुँदै केकी मात्र किन ? यो प्रश्न सबैको दिमागमा खेल्नु स्वभाविक नै थियो । एक संचारकर्मीले यो प्रश्न उठाइ नै हाले । संचारकर्मीको प्रश्नमा सहमत जनाउँदै हँसिलो मुहारमा केकीले पनि भन्न भ्याइहालिन्– ‘हो, यसको जवाफ मलाई पनि जान्न मन छ ।’

केकीले केक खुवाउँदा लजाएका ‘राई इज किङ’ , त्यो प्रश्न उठेपछि त झनै लजाए । अनि भने– ‘राम्रो कामको सुरुवात राम्रो कुराबाट गर्नुपर्छ भन्छन् त्यसैले मैले पनि राम्रै मान्छेबाट गरेको हो । ’ राजेशको पुरा जवाफ नआउँदै अर्को प्रश्न पुन तेर्सियो– ‘उसोभए अन्य नायिकाहरु तपाईसँग रिसाँउलान् नि ? ’ मुसुमुसु हास्दै राजेशले जवाफ फर्काए– ‘मेरो मनपर्ने नायिका हुन् केकी त्यहीभएर बोलाएको हो तर सबैसंग मेरो सम्बन्ध राम्रो छ र रहिरहनेछ । ’
rajeshpayal team

राजेशको यस्तो जवाफ सुनेपछि केकी पनि खुशीले गद्गद् देखिन्थिइन् । उद्घाटनका लागि आफुलाई रोजेकोमा धन्यवाद दिँदै उनले भनिन्– ‘पहिलो वर्षको केकजस्तै दोश्रो, तेश्रो र चौथो पनि मैले नै काट्न पाउँ ।’ केकीको जवाफ भुईमा खस्न नपाउँदै राजेशले उनीतर्फ नजर लगाउँदै भन्न भ्याईहाले– ‘केकीलाई सधैभरी यही बस्न पो मन छ कि क्या हो ?’ त्यसपछि त हलभरी हासोको फोहोरा नै छुट्यो । सहभागीहरुलाई राजेश र केकीको प्रेम अड्कल लगाउन गाह्रो देखिएन् ।
rajeshpayal celebration

बहराईनको कार्यक्रममा संगै गएका राजेश र केकी त्यहीबाट नजिकिएको कुरा उनीहरुको सेल्फी तस्विरले जनाइसकेको थियो । कार्यक्रममा यि दुवैले सो कुरा स्वीकारेपछि सबैको अड्कलवाजी सहि नै भयो ।

राजेश र केकी दुवै चर्चित अविवाहित हुन् । यि दुईको वास्तविक सम्बन्धको विषयमा कसैले पुष्टी त गर्नसक्दैन् तर शनिवार साँझ जे देखियो त्यसले उनीहरुको निकटतालाई भने सजिलै मापन गर्न सकिन्थ्यो । चाहे जे सुकैहोस् उनीहरुको यो सम्बन्ध निरन्तर रहिरहोस् ।

रंगखबरको तर्फबाट राजेशको नयाँ व्यवसायको शुभकामना सहित उनीहरुको निरन्तर मित्रताको समेत कामना गर्दछौ ।  प्रस्तुती : अनिल यादव

तस्विर : विशाल राई

प्रतिक्रिया दिनुहोस्