जेठ १ मा हेर्न पाइने भो ‘लाटी’ । यस्तो छ पहिलो मुहार



रंग खबर, काठमाण्डौं । आगामी वर्षको जेठ १ गतेलाई प्रदशर्न मिति तोक्दै मौलिक कथावस्तुमा आधारित भनिएको फिल्म ‘लाटी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्माता शिशिर जय खरेलको जन्मदिनको अवसरमा फिल्म ‘लाटी’ को पोस्टर र प्रदर्शन मिति रिलिज गरिएको हो ।
laatiराजबहादुर साने निर्देशित फिल्म ‘लाटी’ मा सविना कार्की, रिभल मल्ल, जिके शर्मा, रामचन्द्र अधिकारी, सुवास गजुरेल लगायतको अभिनय रहेको छ । सृजना फिल्मस्को व्यानरमा निर्मित यो फिल्मलाई खरेलसँगै प्रशन्न रिमाल, त्रिलोचन सैजु र निशा अधिकारीको लगानी गरेका हुन् ।

फिल्मको यतिबेला पोष्टप्रोडक्शनको कार्य चल्दैछ । फिल्म ‘लाटी’ मा एक सरल स्वभावकी युवतीले झेल्नुपर्ने सामाजिक अवस्थाको चित्रण गरिएको छ । बसन्त सापकोटाको संगीत रहेको फिल्म ‘लाटी’ मा प्रदिप खड्काको द्वन्द्व निर्देशन छ । फिल्मलाई पदमराज श्रेष्ठले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्