‘लुटेरा’ बाट दर्शकको मन लुट्ने दाउमा निखिल । हर्षिका र निशा हिरोइन



रंग खबर, काठमाण्डौं । ३० वर्षको फिल्म वितरण अनुभव पश्चात वितरक गोपाल कायस्थले फिल्म बनाउने भएका छन् । उनले निर्माण गर्ने फिल्म ‘लुटेरा’ को सोमबार विहान राजधानीमा शुभमुहूर्त गरियो । आरध्यदेव पशुपति नाथ मन्दिरमा पूजापाठ गरे संगै ‘लुटेरा’ ले ‘फ्लोर ज्वाईन’ गरेको हो ।
lootera 3
यसअघि नायिका रेखा थापा चलचित्रमा हुने भनिएतापनि अन्तिम समयमा आएर फिल्ममा उनको स्थानमा नायिका निशा अधिकारीलाई लिईएको छ । रेखासंग विभिन्न कुराहरु नमिल्दा यो प्रोजेक्टमा निशाको प्रवेश भएको बुझिएको छ । चलचित्रका अन्य कलाकारहरुमा भने एक्सन हिरोहरु निखिल उप्रेती, सविन श्रेष्ठ रहनेछन् भने नायिका हर्षिका श्रेष्ठको पनि चलचित्रमा मुख्य भुमिका रहनेछ ।चलचित्रको निर्देशन दयाराम दहालले गर्नेछन् ।
lootera harshika shresta
निर्माता गोपाल कायस्थका अनुसार अहिलेसम्म नेपाली चलचित्रमा नदेखिएका एक्सनका सिनहरु  लुटेरामा हेर्न पाईनेछ । नायक निखिल उप्रेतीको एक्सन र स्टन्डहरुको भरपुर मज्जा दर्शकले यो चलचित्रमा लिन पाउने निर्माता कायस्थले बताए । ‘हामी कुनै कम्प्रमाईज नगरिकन चलचित्र बनाउदैछौ’, उनले भने ।
lootera 2
यता चलचित्रलाई लिएर नायक निखिल पनि निकै उत्साहित देखिन्छन् । ‘लुटेराले दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु’, उनले भने । काठमाण्डौं उपत्यका आसपासमै छायाँकन हुने यस चलचित्रमा एक्सन हिमाल केसीको रहनेछ भने संगीत बसन्त सापकोटाको हुनेछ ।
lootera
यो फिल्ममा कविराज गहतराज, रामजी लामिछाने र राजु शाहको कोरियोग्राफी रहनेछ । फिल्मलाई शिव ढकालले खिच्नेछन् । दुई दिन देखि निरन्तर परेको झरीका बीच मुर्हत गरिएको लुटेरालाई फिल्मकर्मी एवं नेकपा एमालेका सभासद रामबीर मानन्धरले क्ल्याप ठोकेर शुभसाईत गरेका थिए थिए जहाँ फिल्म क्षेत्रका चलेका निर्माताहरुको पनि उपस्थिती थियो । फिल्ममा बसन्त कुमार श्रेष्ठको समेत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्