होली मनाउँदै ‘ठमेल डटकम’ को घोषणा । संचारमन्त्रीको हातबाट शुभ मुहूर्त



रंग खबर, काठमाण्डौं । गोपीकृष्ण मुभिजले निर्माण घोषणा गरेको सात फिल्ममध्ये एक ‘ठमेल डटकम’ को मंगलबार राजधानीमा शुभ मुहूर्त गरिएको छ । संचारमन्त्री डा. मिनेन्द्र रिजालले क्ल्याप ठोक्दै फिल्मको शुभ साईत गरेका हुन् ।
Thamel Dotcom

‘होली सेलिब्रेसन सहितको रमाईलो कार्यक्रममा सञ्चारमन्त्री रिजालले चलचित्रलाई सफलताको शुभकामना पनि दिन भ्याए । सो अवसरमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र नितु पोखरेलले चलचित्रको मुहुर्त सट पनि दिए ।  चैत्र ५ गतेबाट ‘फ्लोर ज्वाईन’ गर्ने बताईएको यो फिल्मलाई राजकुमार शर्माले निर्देशन गर्नेछन् । शर्माले यसअघी ट्रक ड्राईभर, लक्ष्मी पुजा ,गोपी कृष्ण, परिवार, सहिदगेट जस्ता सिनेमा निर्देशन गरेका थिए। फिल्मलाई निरज पौडेल, निकिता पौडेल र निरक पौडेलले निर्माण गर्न लागेका हुन्।
Thamel dotcom 2
विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरु, चलचित्रकर्मीहरु र गायक गायिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा ‘होष्टल रिर्टन्स’, ‘पुर्नजन्म’ लगायत फिल्मका कालकारहरुको उपस्थ्तिी देखियो । गायक तथा संगीतकार टंक बुढाथोकी, गायक युवराज चौलागाई, गायिका सहिमा श्रेष्ठ लगायतले गीत गाएर सबैलाई नचाएका थिए ।
thamel dotcom 3
hostel returns holi
holi celebration

प्रतिक्रिया दिनुहोस्