‘षडङ्ग’ गीत : हर्षिका नाच्ने, सौगात र सौरम हेर्ने (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी चैत १३ देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘षडङ्ग’ को भिडियो गीत सार्वजनिक गरिएको छ । ‘लभी डबी चबी बेबी’ बोलको उक्त गीतमा नायिका हर्षिका श्रेष्ठको विशेष नृत्य देख्न सकिन्छ । अभिनेताद्धय सौगात मल्ल र सौरमराज तुलाधार भने हर्षिकाको नृत्यमा रम्दै गरेको देखाइएको छ ।
sadanga

सुजेन्द्र डि. कार्कीको शब्द र संगीत रहेको यो गीतमा मिना सिंह (सुम्निमा) को स्वर रहेको छ । गीतलाई पवन तन्डुकरले एरेन्ज गरेका हुन् । सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको ‘षडङ्ग’ मा हर्षिका यो गीतमा मात्र देखिएकी छिन् । फिल्ममा भने सौगात र सौरमसंगै अनुप बराल, प्रियंका कार्की र विजय लामाको मुख्य अभिनय रहेको छ ।

सार्वजनिक गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/daTQ8ZKarEk[/its_video]

 

प्रतिक्रिया दिनुहोस्