फिल्म हाम्रो कारणले होइन, कथा र प्रस्तुतीले चल्छ : आर्यन सिग्देल



रंग खबर, काठमाण्डौं । कथा र प्रस्तुती राम्रो भएमा मात्र चलचित्र चल्ने नायक आर्यन सिग्देलले बताएका छन् । तपाईका पछिल्ला केही फिल्महरु लगातार फ्ल्प भइरहेका छन् नि ? भन्ने प्रश्नमा आफ्नो बचाउँ गर्दै उनले यस्तो भने– ‘फिल्म हाम्रो कारणले मात्र चल्ने होइन, कथा र प्रस्तुत गर्ने तरिकामा पनि निर्भर हुन्छ ।’ १–२ वटा फिल्म नचल्दैमा त्यसलाई गलत तरिकाले बुझ्न नहुने उनको तर्क थियो ।
punarjanma

राजधानीमा हालै आयोजित फिल्म ‘पुनर्जन्म’ को प्रेसमिटमा आर्यनले फिल्मको विषयमा समेत बोले । ‘खासमा मेरो बाबा आमाको चाहना म आर्मी बनोस् भन्ने थियो ‘, चस्मा मिलाउदै आर्यन सिग्देलले भने- ‘त्यो चाहना यथार्थमा नभएपनि पर्दाको मार्फत यही चलचित्रबाट पुरा गरेको छु ।’

पछिल्लो समयमा आर्यन अभिनित चलचित्रहरुले हलमा कमाल गर्न नसकिरहेको बारेमा उनी आफुले बाँच्नको लागि भएपनि धेरै चलचित्र गर्नुपरेकाले सही चलचित्रको छनौट गर्नमा आफु चुकेको पनि स्वीकारे । उनलाई एक्सनमा भन्दा रोमान्समा नै दर्शकले रुचाएको आर्यनको ठ्म्याई छ । उनी एक्सन अवतारमा प्रस्तुत भएका चलचित्रहरुले हलमा सोचेअनुरुपको ब्यापार गर्न सकेका छ्रैनन् ।

तर, उनै आर्यन पुनर्जन्मबाट पनि निकै आशावादी छन् । चलचित्रलाई लिएर नायिका केकी अधिकारी र नायक गजित बिष्ट पनि निकै सकारात्मक देखिए । चलचित्रको सुटिङ्गको दौरान आर्यन र आफु बीच प्रतिस्पर्धा भएको तर स्वस्थ्य प्रतिस्पर्धा भएको सबै पत्रकारसामु गजितले स्वीकारे ।

यता, नायिका केकी अधिकारी भने आफ्ना हरेका चलचित्रको सफलता असफलताले आफ्नो फिल्मी करियरमा निकै महत्व राख्ने बताउछिन् । साजन श्रेष्ठले निर्देशन गरेको चलचित्र पुनर्जन्ममा आर्यन सिग्देल, गजित बिष्ट, केकी अधिकारी र सुस्मिता शाही मुख्य भुमिकामा छन् । मोहनकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र पुर्नजन्म फागुन २२ गतेबाट सार्वजनिक प्रर्दशनमा आउदैंछ ।

प्रतिक्रिया दिनुहोस्