होस्टेलको केटाहरुले जबरजस्ती रंग दल्दा दिनभर रोए : हर्षिका श्रेष्ठ



पछिल्लो समय कि व्यस्त नायिका तथा मोडल हुन् हर्षिका श्रेष्ठ । उनको अभिनय रहेको फिल्म ‘मिसन पैसा २’ अहिले प्रदशर्नरत छ । त्यस्तै उनको नृत्य रहेको फिल्म ‘षडङ्ग’, अभिनय रहेको फिल्म ‘साइकल’ प्रदशर्नको तयारीमा छन् । भर्खरै वितरक गोपाल कायस्थले निर्माण थालनी गरेको ‘लुटेरा’ मा समेत हर्षिकाको मुख्य अभिनय छ । यिनै हर्षिकासंग फागु पुर्णिमा अर्थात रंगको पर्वको होलीको अवसरमा रंग खबरसंग गरिएको होली विशेष कुराकानी :-

Harshika shresthaफाइल तस्विर

१. होली कसरी मनाउँदै हुनुहुन्छ ?
मलाई रंग खेल्न एकदम मनपर्छ । त्यसैले यो पटकको होली साथीहरुसंग र फिल्म ‘लुटेरा’ को युनिटसंग मनाउने सोचमा छु ।

२. होलीमा लोलाको डर लाग्दैन ?
लाग्छ । त्यसैले हिजोआज पनि लोलाको डरले बाहिर कम निस्किन्छु । मसंग लोलाको नराम्रो घटना घटेको छ जुन अझै अविस्मरणीय छ । म एघार कक्षामा पढ्दाखेरीको कुरा हो, मलाई टाउकोमा लोला लागेको थियो जसको कारण म तीनदिन सम्म विरामी भएको थिए ।
holi 3 - Copy
फाइल तस्विर

३. जबरजस्ती रंग दलेको मनपर्छ ?
मनपर्दन् । साह्रै नरमाइलो लाग्छ । म होस्टेलमा बस्दा एकपटक होस्टेलको केटाहरुले जबरजस्ती रंग दलिदिएको थिए । त्यतीबेला म दिनभर रोएको थिए । यसरी जबरजस्ती होली त कसैले कोहीसंग नि नखेलोस् जस्तो लाग्छ ।

४. होलीमा घटेको अन्य केही रमाईलो घटना ?
एउटा रमाईलो घटना छ । होलीको दिन मैले आफ्नो मामाको छोरा (दाई) लाई नचिनेर कसलाई खोजेको भनेर घरको ढोका नै खोलिन् । पछि दाई कराएको आवाजले मात्र चिनेको थिए । अनुहारभरी रंग दलेको कारण म त कुनचाँही आवारा केटा होला भनेर ढोका नखोलेको । (हाँस्दै)holi final
फाइल तस्विर

५. होलीमा सबैभन्दा मनपर्ने के ? 
होलीमा जताततै ‘कलरफुल’ देख्दा एकदम खुशी र रमाईलो लाग्छ ।

६. होलीमा केही  सन्देश दिन चाहनुहुन्छ कि ?
मैले अघि नै भनिसके एकआपसमा मिलेर सदभावपुर्ण होली खेलौ । कसैलाई जबरजस्ती लोला नहानौ , रंग नदलौ ।

प्रतिक्रिया दिनुहोस्