‘सुश्री’ बनेर आर्यन सिग्देलसँग आशिकाले अनस्क्रिन जोडी बाँध्दै



रंग खबर, काठमाण्डौं । चलचित्र लेखक शिवम अधिकारीको डेब्यु निर्देशनमा फिल्म ‘सुश्री’ को छायाँकन शुरु भएको छ । फिल्ममा नवनायिका आशिका तामाङले आर्यन सिग्देलसँग जोडी बाध्दैछिन् ।
sushree
यसै साता निर्माण गर्ने औपचारिक घोषणा गरी फ्लोर पसेको फिल्म ‘सुश्री’ को कपनबाट इन्डोर छायाँकन सुरु भएको हो ।  रोमान्टिक लभ कमेडी कथामा आधारित यो फिल्मलाई निर्देशक अधिकारी आफैले लेखेका हुन् । नायक आर्यन सिग्देल सोझो ब्राम्हन केटा र नव नायिका आशिका तामाङ चुलबुले बिन्दास स्वभाव भएकी युवतीको भूमिकामा प्रस्तुत हुने निर्देशकले जानकारी दिए । सोझो ब्राम्हन केटासँग एउटी बिन्दास युवतीको बिहे सम्मको यात्रा कसरी तय हुन्छ रु यसको मुख्य यात्रा नै फिल्ममा देख्न सकिने निर्देशक शिवम अधिकारीले बताए ।

फिल्म ‘सुश्री’ को एक साता काठमाण्डूमा सकेर बाँकी छायाँकनका लागि हेटौंडामा जाने निर्देशक अधिकारीले जानकारी दिए । झण्डै एक सय फिल्मको स्क्रिप्ट लेखेका शिवम अधिकारीले पहिलो पटक फिल्म निर्देशनमा हात बढाएका हुन् । उनले निर्देशन गर्ने अर्को फिल्म ‘के म तिम्रो होइन र’ को छायाँकन भने नायक जिवन लुईंटेल अमेरिकामा रहँदा पछि सरेको छ ।

फिल्म ‘सुश्री’ मा नव नायिका आशिका तामाङ स्वयम्ले लगानी गरेकी छन् । रामेश्वर कार्कीको छायाँकन रहने फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ । फिल्मको छायाँकन एक महिना सम्म सक्ने योजना रहेको बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्