प्रिमियरमा तर्सायो सस्पेन्स थ्रिलर ‘झिग्राना’ ले (फोटोफिचर)



रंग खबर, काठमाण्डौं, फागुन २२– आजबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘झिग्राना’ ले गत बुधबार साँझ राजधानीको कुमारी हलमा भब्य प्रिमियर गर्यो । जहाँ चलचित्रकर्मीदेखि लिएर विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई निम्ताइएको थियो । फिल्म हेरिसकेपछि अधिकांशले फिल्मलाई राम्रो भन्दै प्रशंसा गरेका थिए ।
jhigrana team
प्रिमियरमा नायिकाहरु नम्रता श्रेष्ठ, प्रियंका कार्की, मलिना जोशी, दयाहाङ राई, आना शर्मा, अनमोल केसी, अनुप बराल, सौगात मल्ल, निर्देशक दिपेन्द्र के. खनाल, एसएसपी रमेश खरेल लगायत सहभागी थिए । एकैपटक दुई हलमा फिल्मको प्रिमियर गरिएको थियो । जहाँ आम दर्शकहरुलाई समेत टिकट कटाएर हेर्ने व्यवस्था मिलाइएको थियो । सस्पेन्स थ्रिलर यो फिल्मले सहभागी अधिकांश दर्शकलाई तर्साएको थियो । फिल्मको सस्पेन्सले समेत अन्तिम सम्म सबै दर्शकलाई बाँधेको देखिन्थ्यो ।

पासाङ लामा निर्देशित फिल्म ‘झिग्राना’ ले अनुसन्धानको लागि गाउँ हिंडेको गैर सरकारी संस्थाका कर्मचारी र यात्रामा आइपर्ने कठिनाई बारे देखाएको छ । गोल्डेन याक इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो फिल्ममा निकुन श्रेष्ठ, मेनुका प्रधान, शान्ती गिरी, हाना जी, ज्योती कार्की, अरुण रेग्मी, दिवाकर पिया, बिना पाण्डे लगायतका कलाकारको अभिनय छ । प्रिमियरमा फिल्म युनिट र कलाकार समेत सहभागी थिए ।

हेर्नुस् प्रिमियरका केही झलकहरु :-
Jhigrana Premier Show
jhigrana premier 2
dayahang and priyanka karki
jhigrana 3
priyanka karki final
jhigrana final
तस्विर : दिप विमली 

प्रतिक्रिया दिनुहोस्