‘स्काउट’ को निर्माण घोषणा । गरिमा पन्त हिरोइन



रंग खबर, काठमाण्डौं । समाजमा स्काउटको भूमिका बारे फिल्म ‘स्काउट’ निर्माण हुने भएको छ । फिल्मलाई निर्माता मधुकुमार श्रेष्ठ र वितरक केदार पराजुलीले सयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।
scout

शुक्रवार राजधानीमा एक कार्यक्रम विच संचारमन्त्री मीनेन्द्र रिजालको प्रमुख आतिथ्यमा फिल्मको निर्माणको घोषणा गरिएको हो। कार्यक्रममा फिल्मको शुभ मुहूर्त समेत गरिएको थियो । कार्यक्रममा फिल्मका कलाकारहरुले संवाद बोलेर मुहूर्त सट दिएका थिए ।

गोविन्द गौतमले निर्देशन गर्ने यो फिल्ममा गरिमा पन्त, कुशल थापा, नवराज श्रेष्ठ, मधु श्रेष्ठ , सुधा राउत लगायतको अभिनय रहनेछ । सिनेमाको छायांकन चैत पहिलो सातादेखि सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्