गुल्मीको तमघसमा राजेशपायललाई हेर्नेको भिड । उफ्रिए बालकदेखि वृद्धसम्म



रंग खबर, गुल्मी । राई इज किङका रुपमा परिचित चर्चित गायक राजेश पायल राई जहाँ जान्छन् त्यहाँ केही न केही धमाका त हुन्छ नै । शनिवार यस्तै भयो गुल्मीको तमघसमा । उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा भइरहेको गुल्मी महोत्सवमा सहभागी हुन आइपुगेका राईलाई हेर्न त्यहाँ यूवा जमात त थिए नै तर त्यो संगसंगै गाउँ-गाउँ बाट वृद्धवृद्धाको समेत सहभागी थियो ।
rajesh payal rai gulmi

यो भिडलाई देख्दा लाग्थ्यो त्यहाँ ठुलै महायज्ञ नै हुन लागेको छ । तर त्यस्तो केही थिएन् । मात्र राजेशपायल राईलाई हेर्न त्यहाँ दर्शक भेला भएका थिए । जब गायक राईले नाइ नभन्नु ल २ को गीतबाट आफ्नो गल्ला खोले त्यसपछि चिच्याउँने र नाच्ने दर्शकको घुइचो नै लाग्यो । राजेशपायल जहाँ पुगेपनि उनको स्टेज प्रस्तुती बलियो र धमाकेदार त हुन्छ नै । तर गुल्मी महोत्सवको त्यो दृश्य पनि निकै रमाईलो नै थियो । जब राईले म त मर्छु कि क्या हो ठुली देखि लिएर दर्शन नमस्ते , सागर सरी, नौजले मायाले हुँदै मोहनी लाग्ला सम्मका गीतहरु गाए त्यहा के बालक, के यूवा र के वृद्ध सबै उफ्रीउफ्री नाचेका थिए । कार्यक्रममा राजेशपायलले झण्डै दुई दर्जन गीत गाएका थिए ।
rajesh payal rai

गुल्मीमा दर्शकको यस्तो साथ देखेर राजेशपायल पनि दंग भए । ‘गुल्मीमा पनि राजेशपायललाई माया गर्नेहरु धेरै पाए जसले मलाई एकदम खुशी लाग्यो’, उनले भने– ‘आगामी दिनहरुमा पनि यस्तै मायाको अपेक्षा राख्छु ।’ कार्यक्रममा राजेशपायलसंगै मदन खनाल, विमराज क्षेत्री, रिता थापा, पुर्णिमा श्रेष्ठ लगायतका कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

rajesh payal rai

कार्यक्रममा गुल्मी क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारीको हातबाट गायक राजेशपायललाई प्रशंसा पत्रसमेत प्रदान गरिएको थियो । राजेशपायललाई गुल्मीमा सधै पनि स्वागत छ भन्दै उनले नै कार्यक्रमको समापन समेत गरेका थिए । उद्योग वाणिज्य संघ गुल्मीका परमानन्द खनालको सँयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्