भूलभुलैयाको अमेरिका प्रिमियर । जीवन भन्छन्– ‘रुचाइयो फिल्म’



रंग खबर, काठमाण्डौं । आगामी चैत्र १३ बाट नेपालमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भूलभुलैया’ को अमेरिकामा प्रिमियर गरिएको छ । यो फिल्ममा अभिनेता जीवन लुईटेल र अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको छ ।
darshan babaआईतवार अमेरिकाको टेक्ससस्थित अस्टिन शहरमा करिब ४०० को हाराहारीमा अतिथि तथा दर्शकको उपस्थित रहेको प्रिमियर कार्यक्रममा मुख्य आर्कषण भने चलचित्रका नायक जिवन लुईटेल नै बने । फिल्म हेरेपश्चात दर्शकले राम्रो प्रतिकृया दिएको प्रिमियरमा उपस्थित अभिनेता लुईटेलले जानकारी दिए ।  दर्शकले फिल्मको संगीत पक्षलाई राम्रो भनेको समेत अभिनेता लुइटेलको भनाई छ । अमेरिकामै बस्दै आएका चलचित्रका निर्माता शुशिल कार्कीले चलचित्रको प्रिमियरको चाजोपाजो मिलाएका थिए ।

jiwan luitel
योगेश घिमिरेले निर्देशन गरेको यो फिल्ममा जीवन र नीतासँगै सोहित मानन्धरको समेत डेब्यु अभिनय रहेको छ । दिनेश कुमार पोखरेलको प्रस्तुती रहेको यो फिल्मलाई शुशिल कार्की, सुरेश गौतम र मनिराज कार्कीले निर्माण गरेका हुन् ।

bhul bulaiya 2

प्रतिक्रिया दिनुहोस्