‘नाई नभन्नु ल ३’ फष्टलुक पोष्टर : झल्कायो माया–प्रेम



रंग खबर, काठमाण्डौं । आगामी चैत २७ देखि प्रदर्शनको तयारीमा रहेको यो वर्षकै प्रतिक्षित फिल्म ‘नाई नभन्नु ल ३’ को अफिसियल फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । विकास आचार्यले निर्माण गरेको यो फिल्मसंग छविराज ओझाको फिल्म ‘हवल्दार सुन्तली’ प्रतिष्पर्धामा छ ।

nai nabhannu la 3शाहिल खानले डिजाईन गरेको यो फिल्मको सार्वजनिक पोस्टरमा मुख्य पात्रहरू आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सफला भट्टराई, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसीलाई प्रस्तुत गरिएको छ । फिल्मको पोस्टरले मायाप्रेमको कथा झल्काउँछ ।

सांगीतिक प्रेमकथामा बनेको ‘नाईं नभन्नु ल ३’ लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । वान टाइम सिनेमा प्रा.ली.को व्यानरमा बनेको यो फिल्मका लेखक समेत निर्माता आचार्य नै हुन् ।

फिल्ममा बसन्त सापकोटाको संगीत छ जसले ‘नाईं नभन्नु ल २’ मा ब्लकबस्टर संगीत दिएका थिए । यो फिल्मको संगीत पक्षलाई पनि रूचाईएको छ । गत बर्षको गीतको तुलनामा यो बर्षको गीत अझ राम्रो भएको संगीतकार सापकोटाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्