बहुप्रतिक्षित चलचित्र ‘नाई नभन्नू ल ३’ को ट्रेलर सार्वजनिक



रंग खबर, काठमाण्डौं । यो वर्षको प्रतिक्षित फिल्म  ‘नाईं नभन्नु ल ३’ को ट्रेलर रिलिज भएको छ । युट्युब मार्फत सार्वजनिक भएको ट्रेलरमा यसअघिका सुपरहिट चलचित्रहरु ‘नाई नभन्नु ल’ र ‘नाई नभन्नु ल २’ को केही क्लिप्सहरुलाई पनि शुरुमा राखेर ट्रेलरमा नयाँपन दिन खोजेको देखिन्छ ।

nai nabhannu la 3

चलचित्र ‘नाई नभन्नु ल ३’ मा आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सफला भट्टराई, अनुभव रेग्मी, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसी लगायतको अभिनय हेर्न पाईनेछ । ‘चलचित्र आगामी चैत्र २७ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने छ ।

नाई नभन्नु ल’ र त्यसको सिक्वेल ‘नाई नभन्नु ल २’ लाई दर्शकले अत्याधिक रूचाएपछि निर्देशक विकास आचार्यले तेस्रो सिक्वेलको रुपमा चलचित्र ‘नाई नभन्नु ल ३’ बनाएका हुन् । ‘नाईं नभन्नु ल ३’ को निर्देशन मुस्कान ढकालले गरेका हुन् । चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्