ताङतिङ र यूकेको मितेरी सम्बन्धबारे बनेको ‘द ट्वीनिङ भिलेज’ को प्रिमियर



रंग खबर, काठमाण्डौं । नेपालको पश्चिम कास्की जिल्लाको नामर्जुङ गाविसमा रहेको ताङतिङ र यूकेको विम्बिस तथा डेबडेन बीचको मितेरी सम्बन्धबारे तयार पारिएको वृत्तचित्र ‘मितेरी गाउँ ‘ द ट्वीनिङ भिलेज, एन अनब्रेकएबल बोण्ड अफ फ्रेण्डसिप’को राजधानीमा बुधबार प्रिमियर गरिएको छ ।

The Twining Village
मुनाल फिल्मस् प्रालिले निर्माण गरेको वृत्तचित्रका छाँयाकार, सम्पादक र निर्देशक भोजबहादुर गुरुङ हुन् । वृत्तचित्रको प्रिमियर गर्नु अघि कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि पूर्व नेपाली राजदुत डा. सुरेश चालिसे, पूर्व मेजर एवं सांसद दीपक गुरुङ र वृत्तचित्रका निर्देशक भोजलगायतले वृत्तचित्रको डिभीडी सार्वजनिक गरेका थिए ।

२५ मिनेट लामो वृत्तचित्रमा दौत्य सम्बन्ध कायम भएपछि यूकेमा रहेका स्थानीय र त्यहाँका लाहुरे नेपालीले ताङतिङलाई गरेको विकासका सहयोग देखाइएको छ । राम्रो शिक्षा, स्वास्थ्यबाट बञ्चित ताङतिङका बालबालिका र समुदायलाई दौत्य सम्बन्धले दिएको सुविधालाई रोचक ढंगले वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्