आइटी विथ ब्यूटी : झरना थापाको टेक्नो लाइफ स्टायल (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । 

ग्याजेट्स र इन्टरनेट अहिले सबैका लागि अनिवार्य जस्तै भइसकेको छन् । नायिका झरना थापा पनि यो भन्दा टाढा हुनै सक्दिनन् । ग्याजेट्स र इन्टरनेट बिनाको संसार उनी कल्पनै गर्न सक्दिनन् । भन्छिन्– ‘मोबाइलले गर्दा अहिले संसार नै आफ्नै हातमा छ, यो त यिनै ग्याजेट्स अर्थात प्रविधिबाट चलेको छ । त्यसैले यो विनाको लाइफ त सोच्नै सक्दिन् । ’
jharana 3

एप्पलको आइप्याड, ल्यापटप र मोबाइल बोक्ने उनी फुर्सद हुना साथ स्मार्टफोनको स्क्रिनमा औँला घुमाइहाल्छिन् । दैनिक कति घण्टा फोनमा कुरा गर्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले भनिन्– ‘ठ्याक्कै कति त भन्न सक्दिन तर न्युनतम दिनको ३–४ घण्टा सम्म कुरा हुन्छ । ’

सेल्फी फोटो खिच्न रुचाउने झरना फेसबुक र ट्वीटर दुवै चलाउँछिन् । फिल्मी क्षेत्रमा काम गर्ने भएकाले गुगलमा पनि बढी फिल्मी साइट र गतिविधी हेर्ने उनी आइफोन ७ को पर्खाइमा रहेको बताइन् । ‘आइफोन ६ त्यती मनपरेन, आइफोन ७ आयो भने चलाउँने मन छ’, उनले भनिन् ।
jharana 4

कति सालदेखि मोबाइल चलाउन शुरु गर्नुभयो त ? भन्ने प्रश्नमा उनले भनिन्– ‘त्यो त याद भएन तर नेपालमा मोबाइल भित्रिएको ७–८ महिनापछि चलाएको हुँ ।’ ‘सुरुमा सामसुङको मोबाइल चलाएको थिए, त्यतीबेला मलाई मोबाइलको भाइब्रेसन भन्ने थाहा नै थिएन । त्यसैले तर्सिएको अझै याद छ ।’ उनले रमाइलो प्रसंग समेत सुनाउन भ्याइन् ।
jharana 2

१७ वर्षअघि देखि नेपाली फिल्म उद्योगमा नायिकाको रुपमा काम गरिरहेकी झरनाले अहिलेसम्म १ सय बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । फिल्म ‘ए मेरो हजुर २’ बाट अब उनी निर्देशनमा समेत हात हाल्ने तयारीमा रहेको बताइन् ।
jharana 5
jharana thapa
jharana 7
jharna 6
jharna 8
jharna final
jharana 9शब्द – अनिल यादव
फोटोग्राफर – ज्ञानु राई
(नोट : यो लिभिङ विथ आईसिटी म्यागाजिनको फागुन अंकमा प्रकाशित भएको हो) 

प्रतिक्रिया दिनुहोस्