सुदुरपश्चिममा राजेशपायलले गाउँदा प्रहरीलाई हम्मे–हम्मे (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । चर्चित गायक राजेश पायल राई जहाँ–जहाँ पुग्छन् त्यहाँ केही न केही धमाका त भएरै छाड्छ ।  उनको फ्यान क्रेजलाई सम्हाल्न प्रहरीलाई पनि हम्मे–हम्मे पर्ने गर्छ । यस्तै भयो शनिवार सुदुरपश्चिमस्थित कञ्चनपुरको सिमावर्ती कृष्णपुर वानीमा आयोजित कार्यक्रममा ।
rajesh payal 4२० औं हजार दर्शकका सामु निकै जोशिलो ढंगमा प्रस्तुत भएका राजेशले जब स्टेजमा चढेर गीत गाउन सुरु गरे भीड यसरी अगाडी बढ्यो कि थेग्न नसकेर स्वयंसेवक र सुरक्षाकर्मीलाई पनि निकै हम्मे हम्मे पर्यो । ‘दर्शकको भीड थेग्न सुरक्षा कर्मी साथीहरुले लाठी चार्ज गर्नुपर्यो’, टेलिफोन सम्पर्कमा राजेशले भने, ‘आम दर्शक र स्रोतालाई मेरो कार्यक्रम हेर्न आउदाँ परेको असुविधा प्रति म क्षमा माग्न चाहान्छु’ ।

लगातार दुई दर्जनबढी गीत गाएर दर्शकको वाहवाही त उनले पाए नै तर दर्शकले भने उनको कार्यक्रम हेर्न निकै सास्ती पनि खेप्नु पर्यो ।  कार्यक्रममा उनले नेपाली मात्रै नभएर भोजपुरी गीत समेत गाए । ‘दादा रे दादा’ र ‘बनल बापके बिगडल छौडी’ गाईरहदा सुदुरपश्चिमका दर्शकले ‘वान्स मोर’ नभनिकन रहनै सकेनन् ।
rajesh payal 2उदय सरस्वती कलेजको स्थापनार्थको लागि आयोजना गरिएको कार्यक्रममा राजेशले नाई नभन्नू ल ३, दर्शन नमस्ते, नौजाले मायाले, शिरै फुल शिरवन्दी, सागर सरी चोखो माया, दिक्तेल बजार, मोहनी लाग्ला है, मार्छु कि क्या हो ठुली, दर्शन नमस्ते जस्ता हिट गीत सुनाएर सबैको मनमा बस्न सफल भए । ‘दर्शन नमस्ते’ र ‘मर्छु कि क्या हो ठुली’ उनले ४ पटक सम्म गाउनु परेको थियो ।
Rajesh payal rai‘दर्शक मेरा भगवान हुन, दर्शकले वान्स मोर भनेको खण्डमा वहाँहरुको इच्छाअनुसार म दोहर्याई – तेहर्याई पनि गीत सुनाउने गरेको छु’, ‘राई इज किङ’ राजेशले भने- ‘सुदुरपश्चिमवासीले दिनुभएको माया म जिन्दगीभर कहिल्यै पनि भुल्ने छैन’ ।
Rajesh Payal Rai 2यता कार्यक्रम संयोजक सागर नेगीले अहिलेसम्म पनि कंचनपुरमा आयोजित कार्यक्रममा यत्ति धेरै दर्शक नआएको बताए । ‘यस्तो भिड होला भनेर त सोचेको पनि थिइन्’, उनले भने– ‘राजेशपायलको स्टार पावर आज आँखै अघि देखियो ।’

प्रतिक्रिया दिनुहोस्