कलेज युवतीको कथामा बन्ने भो ‘मनसा’ | गीत रेकर्डिङ शुरु



रंग खबर, काठमाण्डौं ।  बेदप्रसाद भुर्तेलको निर्देशनमा फिल्म ‘मनसा’ बन्ने भएको छ । यो फिल्मको बुधबार बाट गति रेकर्डिङ समेत सुरु गरिएको  छ ।
manashaबुधबार बिनोद ढकालले फिल्मको लागि आफ्नो स्वर रेकर्ड गराए । संगीत ढकाल स्वयम् र किरण माइकलले दिएका छन् ।  कलेज युवतीको विषयमा बन्ने फिल्म ‘मनसा’ मा प्रज्वल गिरी, दीपक कंडेल , राजिव थापा, सक्ति पाख्रिन, शंकर बिश्वकर्मा, नमिता भण्डारी, दिनेश जङ खड्का लगायतका कलाकाको अभिनय रहने छ ।

एभरेष्ट इन्टरटेमेन्ट र आरुसी फिल्मस्को संयुक्त प्रस्तुतिमा बन्ने यो फिल्ममा प्रतिभा खड्का र कमल खड्कोको लगानी रहने छ ।  सुदिप आत्रयको कथामा किरण माइकले पटकथा तयार पारेको यो फिल्म ‘मनसा’ को काठमाडौ, पाल्पा, मुस्ताङ, मनाङ लगायत स्थानमा छायाँकन गरिनेछ । फिल्मको छायाँकन चैत महिनाको अन्त्यतिर सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्