‘यो मन बरु ढुङ्गा भए हुन्थ्यो’ सार्वजनिक | सबै कलाकार रोइरहेको अवस्थामा (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी चैत २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो वर्षको प्रतिक्षित फिल्म ‘नाई नभन्नु ल ३’ को तेश्रो गीत सार्वजनिक गरिएको छ । ‘यो मन बरु ढुङ्गा भए हुन्थ्यो’ बोलको उक्त गीतलाई बाल गायक संयोग योगीले गाएका छन् ।
priyanka and anuvabविकास आचार्यको शब्द र बसन्त सापकोटाको संगीत रहेको यो गीत सुन्दा सुमधुर, मर्मस्पर्शीर कर्णप्रिय लाग्छ । गीतमा फिल्मका मुख्य कलाकारहरु अनुभव रेग्मी, आर्यन सिग्देल, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संचिता लुईटेल, संयम पुरी, आश्मा डिसी फिचरिङ भएका छन् । गीतमा सबै कलाकारहरुलाई रोइरहेको र वियोगको अवस्थामा देखाइएको छ ।

सुपरहिट फिल्म ‘नाई नभन्नु ल’ को ‘थर्ड सिक्वेल’ रहेको यो फिल्ममा दोश्रो सिक्वेलका मुख्य सहायक निदेृशक मुस्कान ढकालले निर्देशन गरेका हुन् । अघिल्लो सिरिजका निर्देशक विकास आचार्य भने यो पटक निर्माता मात्र बनेका छन् । फिल्मको चौथो सिक्वेल भने आचार्य आफैले निर्देशन गर्ने भएका छन् ।
nai nabhannu la 3

नेपाली फिल्म नगरीमा ‘बाघ निर्माता’ का रुपमा चिनिएका छविराज ओझाको फिल्म ‘हवल्दार सुन्तली’ संग यो फिल्ममा प्रतिष्पर्धामा आउँदैछ । दुवै फिल्म यो वर्षको प्रतिक्षित फिल्म हुन् । कसले दर्शकको मन जित्ने हो, त्यो भने हेर्न बाँकी छ ।

हेर्नुस ‘यो मन बरु ढुङ्गा भए हुन्थ्यो’ गीत :-

प्रतिक्रिया दिनुहोस्