यूरोपमा छायाँकन गरिएको ‘नमस्ते नेपाल’ को प्रोमो बाहिरियो (भिडियो)



रंग खबर, काठमाण्डौं ।  नृत्य निर्देशक राजु शाहको निर्देशनमा बनेको फिल्म ‘नमस्ते नेपाल’ को अफिसियल प्रोमो सार्वजनिक गरिएको छ। यो फिल्मको सम्पूर्ण छायाँकन यूरोपियन मुलुकमा गरिएको हो ।
namste nepal promoसार्वजनिक २ मिनेट ४८ सेकेण्डको प्रोमोमा कलाकारको रोमान्सलाई देख्न सकिन्छ । यो फिल्मको हाल पोस्ट प्रोडक्सन चल्दैछ । लभ स्टोरी फिल्म ‘नमस्ते नेपाल’ मा सविन श्रेष्ठ, श्याम श्रेष्ठ, विदेशी युवती एना, अनुज प्रधान, गोपाल ढकाल ‘छन्दे’, सनम कुमार वैरागी, कमला दाहाल, नरेन्द्र थापा, पार्वती अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

द्वारिका प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्मित यो फिल्ममा प्रदीपकुमार उदय, मन्दिरा श्रेष्ठ र रिजु शाहको संयुक्त लगानी रहेको छ । निर्देशक शाह र कलाकार ढकाल मिलेर फिल्मको कथा लेखेका हुन् ।

फिल्म ‘नमस्ते नेपाल’ मा बसन्त सापकोटा, ओम सुनार रियाज सिवाकोटीको संगीत रहको छ । साउन १ गतेबाट नेपाल प्रदर्शनमा आउने यो फिल्म विदेशमा भने अंग्रेजी मे महिनादेखि नै प्रदर्शन हुनेछ ।

प्रोमो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्