लालजोडी : गरियो ‘घिटी घिटी बाचेको छु’ गीतको रेकर्डिङ



रंग खबर, काठमाण्डौं । 

दुःखले म मातेको छु, हजार सपना टुटे पनि, आफ्नैले लुटे पनि,
खरानी धरि जलाउने यो शहरमा, घिटी घिटी बाचेको छु…

सोमबार साझ धोबिधारास्थित म्युजीसियन रेकर्डीङ स्टुडियोमा पाश्र्व गायक युवराज चौलागाईं उल्लेखित शब्दमा आफ्नो स्वर रेकर्डिङ गराई रहेका थिए । सन्तोष श्रेष्ठको संगीत रहेको उक्त मार्मिक शब्दको गीत, फिल्म ‘लालजोडी’ का लागि रेकर्ड गराइएको हो । आधुनिक तथा लोक संगीतका चर्चित संगीतकार सन्तोष श्रेष्ठ यही गीत मार्फत पहिलोपटक फिल्मी संगीतमा लागेका छन् । नयां बर्ष ०७२ संगै सुटिङ सुरु हुने फिल्म ‘लालजोडी’ को उल्लेखित गीतको शब्द निर्देशक लक्ष्मण सुवेदीले स्वयम्ले लेखेका हुन्  ।
pralahad‘एउटा साथी’ मार्फत निर्देशनमा डेब्यु गरेका सुबेदीकै लेखन, निर्माण र निर्देशनमा बन्ने ‘लालजोडी’ को एउटा डोयट गीत राजेशपायल राई र मनिषा पोखरेलको स्वरमा केही समयअघिनै रेकर्ड गरिसकीएको छ । उक्त गीतमा संगीत टंक बुढाथोकीको छ । फिल्मको वस्तु परिस्थिति अनुसारको सेन्टिमेन्टल गीत भएकाले आफैंले रचेको निर्देशक सुवेदीले बताए ।

गायक युवराजले यो गीतमा निकै मन छुने शब्द भएकाले धेरै दिनको मिहीनेत पछि रेकर्डिङ गरिएको बताए । उनले भने, ‘यो गीतले आम मानिसको जिन्दगी बोलेको छ । त्यसैले मलाई यो गीतबाट धेरै आशा छ ।’ गीतको एरेन्ज सुदीप सागरले गरेका हुन् ।
laljodi 2

संगीतकार सन्तोषले पनि आफूलाई यही गीतले चलचित्र संगीतमा स्थापीत गराउने बिश्वास ब्यक्त गरे । ‘एकदम भावुक गीत छ । संगीत पनि उत्तिकै मिठो गर्ने कोसिस गरेको छु । फिल्म संगीतमा यही गीतले मलाई चिनाउने छ भन्ने बिश्वासछ ।’

दिलासा क्रियसनको ब्यानरमा बन्ने लालजोडी रामेश्वर कार्कीले खिच्ने छन । सुशील पंगेनीको प्रोडक्शन डिजाइनमा बन्ने फिल्मका अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मको सुटिङ त्रिशुली र काठमाडौंमा गरिने निर्देशक सुवेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्