रणवीरको फिल्मसंगै ‘चंखे शंखे पंखे’ जेठ १ मा | पार्ला त प्रभाव ?



रंग खबर, काठमाण्डौं । ठूलो बजेटमा निर्माण गरिएको  फिल्म ‘चंखे शंखे पंखे’ आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । यहि दिन दिन बलिउडको प्रतिक्षित फिल्म ‘बम्बे भेलबेट’ पनि रिलिज हुँदैछ ।
chankey sankhey pankheyरणविर कपुर र अनुष्का शर्मा स्टारर यो बलिउड फिल्मको आजै ट्रेलर सार्वजनिक भएको छ । तीन खानको जस्तो बलिउड प्रभाव अन्य कलाकारको फिल्मले नेपालमा नपर्ने भन्दै ‘चंखे शंखे पंखे’ युनिटले सोही मितिमा प्रदर्शन मिति तय गरेको बताइएको छ । सुदर्शन थापा निर्देशित यो फिल्मको पहिलो प्रिमियर शो अप्रिल १७ तारिखका दिन बहराईनमा हुनेछ ।

व्यावसायी सन्तोष सेनले निर्माण गरेको यो फिल्ममा निर्देशक सुर्दशन थापा सहित सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, पूजा शर्मा लगायतको अभिनय रहेको छ । यो फिल्मको यतिबेला पोस्ट प्रोडक्सनको कार्य चल्दैछ ।  हिरोइन शर्मालाई फिल्ममा टिभि रिपोर्टरको मुख्य भूमिकामा देख्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्