‘भाग् सानी भाग्’ भन्दै जब केकी अधिकारी कार्यक्रम हलमा आइपुगिन् ! (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । कार्यक्रम चलिरहेको थियो । अचानक मुल ढोका बाट दौँडिदै कार्यक्रम हलमा आइपुगिन् उनी । हातमा ब्याग बोकेर रातो साँडीमा बेहुली जस्तै सजिएर आइपुगेकी उनी भन्दै थिइन्– ‘भाग् सानी भाग्’ । त्यसपछि अतिथिहरुलाई राखिएको मञ्चमा गएर उनी पनि थचक्क बसिन् । छेउमै राखिएको पानीको बोतलबाट अलिकित पिएपछि उनले मुख खोलिन्– ‘भाग्दा भाग्दा गले’ ।
bhag sani bhag 2

राजधानीको बानेश्वस्थित अल्फाबेटामा देखिएको यो रमाइलो दृश्य थियो नवघोषित फिल्म ‘भाग् सानी भाग्’ को । जहाँ फिल्मकी नायिका केकी अधिकारी सुनियोजित रुपमै कार्यक्रमको चलिरहेको बेला यसरी भाग्दै आइपुगेको थिइन् । कारण थियो फिल्मको नामलाई ‘प्रष्टाउन’ जुन कुरा सहभागी संचारकर्मीलाई अन्दाज लगाउन गाह्रो थिएन् ।

उनी आइपुग्दा सम्म कार्यक्रममा फिल्मका अन्य कलाकारहरु लय संग्रौला, रमेश बुढाथोकी, रविन्द्र खड्का लगायतले बोलिसकेका थिए । फिल्ममा केकीलाई भगाउने सानाका रोल पाएका नायक सविन श्रेष्ठले भने बोलेनन् । निर शाह, गिता अधिकारी र विष्णु सापकोटाको समेत यो फिल्ममा अभिनय रहेको छ ।
keki adhikari

फिल्मलाई ‘लज्जा’ निर्देशक नवल नेपालले निर्देशन गर्ने भएका छन् । रंगिन सपना बोकेर आ–आफ्नो गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई मनोरञ्जनात्मक ढंगबाट फिल्ममा प्रस्तुत गरिने निर्देशक नेपालले बताए । यो फिल्मको नाम बलिउडको फिल्म ‘भाग मिल्खा भाग’ बाट प्रभावित भएको देखिन्छ । यही विषयमा जिज्ञासा राख्दा निर्देशक नेपालले भने– ‘नाम कसैले ऋण दिएको होइन् । ’

यता दौँडिदै कार्यक्रममा आइपुगेकी नायिका केकीले पनि सोहि कुरा दोहोराइन् । उनले भनिन्– ‘यो फिल्मको कथा कुनै म्याराथनको कथा होइन् । यहाँ एउटा सानी आफ्नो स्वतन्त्र जीवनका लागी सधै भागिरहने कथा देखाइनेछ ।’ ‘मेरो बेहुलीको पहिरन र कार्यक्रममा सहभागी हुने तरिकाले पनि तपाईहरुलाई धेरै कुरा थाहा भइसक्यो होला’, उनले थपिन् ।

bhaag sani  bhaag

फिल्म घोषणा कार्यक्रममा निर्माता छविराज ओझा, एफडी कम्पनीका अध्यक्ष प्रदिप कुमार उदय, निर्देशक ऋषी लामिछान, चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा समाज सेवी दिक्षा चापागाँले सञ्चालन गर्दै आएको संस्थालाई नगद सहित लत्ताकपडा समेत हस्तान्तरण गरिएको थियो ।

‘भाग् सानी भाग्’ बाट संगीतकार चेतन सापकोटा कार्यकारी निर्माताको रुपमा देखिँदैछन् । यो फिल्ममा कथा र संगीत पनि सापकोटाकै रहनेछ । साथीभाई फिल्मस्को ब्यानरमा निर्माण हुने यो फिल्ममा गैर आवासिय नेपालीहरु विष्णु चापागाई, सहदेव गौतम र विलोल पोख्रेलको लगानी रहने छ ।
keki speaking

फिल्ममा महाराज थापाको संगीत संयोजन, कविराज गहतराजको नृत्य, हिमाल के.सी.को द्धन्द र दिव्यराज सुवेदीको छायांकन रहनेछ । फिल्मलाई निर्देशक नेपाल र गोविन्द प्रसाद फुयाँलले सँयुक्त रुपमा लेखेका हुन् । (प्रस्तुती: अनिल यादव)

प्रतिक्रिया दिनुहोस्