‘माला’ प्रिमियर : फिल्ममा आफैलाई हेरेर तर्सिइन् प्रियंका (फोटोफिचर)



malaरंग खबर, काठमाण्डौं । दुई पटकसम्म रिलिज मिति सारिएको फिल्म ‘माला’ अन्तत : शुक्रवारदेखि ५० भन्दा बढी हलबाट प्रदर्शनमा आउने भएको छ ।  । यो संगै प्रदर्शनमा आउने भनिएका दुई फिल्म ‘आवेग’ र ‘धुन’ ले मिति सारेपछि ‘माला’ लाई एकल रिलिजको अवसर मिलेको छ ।

सुदीपभुपाल सिंहको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सुमिना घिमिरे, प्रज्जवल गिरी र लुनिभा तुलाधारको मुख्य अभिनय छ । सस्पेन्स थ्रिलर जनरामा राखिएको यो फिल्ममा राहुल मुखर्जी र मनोज सिंहको संगीतका दुई गीत अटाएका छन् ।

‘माला’ हाम्रै गाउँ–शहरको कथा रहेको छ । समाजलाई एउटै डोरीले कसरी बाध्छ भन्ने विषयवस्तु यसमा छ । ‘यसले दर्शकलाई मनोरञ्जन मात्र होइन्, भूलवस गरेको गल्तीले जिवनमा कति प्रभाव पार्छ भन्ने सन्देश पनि बोकेको छ ’, निर्देशक सिंहले भने ।

प्रमोद कार्कीको छायांकन, किशोर कार्की र बनिश शाहको सम्पादन रहेको यो फिल्मलाई कलाकार शिशिर राणाले निर्माण गरेका हुन् ।

प्रिमियरमा तारिफ
‘माला’ को बुधबार साँझ राजधानीको दरबारमार्गस्थित क्युज सिनेमामा प्रिमियर गरिएको थियो । प्रिमियरमा कलाकारदेखि संचारकर्मीले फिल्म हेरेका थिए ।
final priyanka karki

प्रिमियरमा सहभागी अधिकांशले फिल्म राम्रो बनेको भन्दै खुलेर तारिफ गरेका थिए । पुरा अवधिभर दर्शकलाई ‘सस्पेन्स’ मा बाध्न र तर्साउन यो फिल्म सफल रहने अधिकांशको प्रतिक्रिया थियो । ‘सस्पेन्स थ्रिलर’ फिल्मले यत्ति गर्न सक्नु भनेको दर्शकको मन जित्नु हो ।

प्रिमियरमा हास्य अभिनेता हरिवंश आचार्य, चर्चित गायक रामकृष्ण ढकाल, अभिनेत्रीहरु प्रियंका कार्की, माल्भिका सुब्बा, बेनिशा हमाल, नन्दिता केसी, निर्देशक दिपेन्द्र के. खनाल, निश्चाल बस्नेत, निर्माता माधव वाग्ले , बैंकर अनिल शाह लगायतको सहभागिता देखिएको थियो । सुटिङका क्रममा हेटौंडामा रहेकाले आर्यन प्रिमियरमा उपस्थित थिएनन् ।
Mala premierप्रिमियर अघि आफुले ‘माला’ नहेरेको बताउँदै प्रियंकाले कतिपय आफ्नै सिनमा पनि डर लागेको बताएकी थिइन् । प्रियंका मात्रै होइन ‘माला’ हेर्दा नायिकाद्धय नन्दिता र वेनिशा अनि कोरियोग्राफर रेनेशा वान्तवाई राई पनि डराए । डरलाग्ने दृश्य आउँदा उनीहरु चिच्याउँदै चकटीले अनुहार छोपेर बस्ने गर्थे ।
nepali film mala‘माला’ को कथा के हो ? 
फिल्मले अलौकिक विषयलाई प्रस्तुत गरेको छ। नास्तिक मेडिकल डाक्टरले आफू वरिपरि अनौठा घटनाहरु भइरहेको देख्छ तर उसले यसलाई संयोगबाहेक केही पनि मान्दैन। हरेक घटनालाई तर्कसँग जोडेर हेर्छ। तर पनि अलौकिक घटनाले पिछा छाड्दैनन्।

यसपछि डाक्टर रहस्यको खोजीमा लाग्छ र यसक्रममा उसले यस्तायस्ता सत्य उजागर गर्दै जान्छ, जसले डाक्टरसँगै दर्शक पनि अचम्मित हुँदै जान्छन्। फिल्ममा आर्यन सिग्देलले डाक्टरको भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्