दुई वर्षपछि ‘गेम’ बाट मनिषा कोइराला अभिनयमा



रंग खबर, भारत । दुई वर्षको अन्तराल पछि मनिषा कोइराला तमिल तथा कन्नड भाषामा निर्माण भइरहेको फिल्म ‘गेम’ बाट अभिनयमा फर्किएकी छन् । उत्साहित हुँदै उनले सो कुराको खुलासा आफ्नो ट्विटरबाट गरेकी हुन् ।
Manisha Koirala
उक्त फिल्मको छायाँकनको पहिलो दिन नै मनिषाले आफ्नो ‘लुक’ समेत पोस्ट गरेकी छन । फोटो अपलोड गर्दै मनिषाले पहिलो दिनको सुटिङले फिल्ममा बिताएका पुराना दिनहरुको सम्झना गराएको कुरा ट्वीट गरेकी छन । ए.एम.आर रमेशको निर्देशन रहने फिल्ममा अर्जुन सर्जा एवम् सामको पनि अभिनय रहनेछ ।

यो फिल्म ‘मर्डर मिस्ट्री’ मा आधारित हुने बताइएको छ । नेपाली व्यावसायी सम्राट दाहालसँगैको असफल वैवाहिक जीवन र पाठेघरको क्यान्सरका कारण  नेपाली चेली अभिनयबाट टाढिएकी थिइन् । एक समयकी बलिउडकी ‘टप एक्ट्रेस’ केही महिना अघि मात्रै अभिनयबाट सन्यास लिने, नलिने बारे सोच्दै गरेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्