दमकमा वृहत साँस्कृतिक कार्यक्रम हुने |पार्वती, बादल र मेलिनाले स्टेज तताउने



अनिलदेब राई, दमक— किरात राई सँंस्कृतिक कलाकार र किरात राई विद्यार्थी संघ झापाको सँयुक्त आयोजनामा वृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । नयाँ वर्ष २०७२ सालको अवसर पारेर आयोजना हुने कार्यक्रमवाट संकलित रकमले संस्थाको अक्षयकोष निर्माण गरिने आयोजकले जनाएको छ ।
posterकार्यक्रममा राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका चर्चित कलाकारहरुको जमघट रहने संयोजक भद्रदुमी राईले जानकारी गराए । दमकस्थित रेडक्रस हलमा चैत्र २८ गते शनिबारका दिन हुने कार्यक्रममा चर्चित तथा सदावहार गायिका पार्वती राई, नेपाली आईडियल वादल लिम्बु, मेलिना राई, अनिल थुलुङ्ग र देवस राईहरुले आ—आफ्नो गितहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक भद्रदुमी राईका अनुसार किरात राई सास्कृतिक कलाकार संघ र किरात राई बिद्यार्थी संघको कोष अभिवृद्धि साथै कार्यालय व्यवस्थापन सहयोगार्थ कार्यक्रम गर्न लागेको हो । दुई लाख रुपैया अनुमानित खर्च हुने कार्यक्रममा ३००, ५०० र १००० को टिकटको व्यवस्था रहेको किरात राई बिद्यार्थी संघको केन्द्रिय सदस्य तथा झापाका पुर्वअध्यक्ष सुसन राईले बताए । उनले कार्यक्रममा किरात राईहरुको मौलिक पहिचान झल्कने सास्कृतिक नृत्य साकेला सिलिको समेत प्रस्तुत गरिने जानकारी गराए । हजारदेखि पन्ध्र सय जना दर्शकहरुको सहभागि हुने अनुमान गरिएको कार्यक्रम दिउसो १ बजेदेखि बेलुका ६ः३० बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्