शुक्रवारे मैदानमा ‘भूलभुलैया’ र ‘षडङ्ग’ प्रदर्शनमा (प्रिभ्युसहित)



रंग खबर, काठमाण्डौं । यो शुक्रवारबाट दुई नेपाली फिल्महरु ‘भूलभुलैया’ र ‘षडङ्ग’ देशव्यापी प्रदर्शनमा आएका छन् । आउनुस् संक्षिप्तमा यि दुई फिल्मको प्रिभ्यु पढौँ :-

भूलभुलैया
योगेश घिमिरेको निर्देशनमा बनेको यो फिल्म शुक्रवारबाट देशव्यापी प्रदशर्नमा आएको छ । त्रिकोणात्मक प्रेम कथा पाइने यो फिल्ममा जीवन लुईटेल, नीता ढुङ्गाना र सोहित मानन्धरको मुख्य अभिनय रहेको छ ।
bhulbhulaiyaफिल्मको कथावस्तु एक वृद्धा आश्रममा घुमेको छ । जहाँबाट प्रेम र द्धन्दको विकास हुन्छ । दिनेशकुमार पोखरेलको निर्माणमा तयार भएको यो फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ । फिल्मलाई यसअघिका आफ्ना फिल्म भन्दा स्तरीय बनाएको निर्देशक घिमिरेले दाबी गर्दै आइरहेका छन् ।

फिल्ममा बाबु श्रेष्ठको छायाँकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्द, शिवम अधिकारी र बनिष शाहको सम्पादन रहेको छ ।

यो फिल्मको गीत–संगीतले राम्रै प्रतिक्रिया पाइरहेका छ । अब फिल्मले कस्तो पाउने हो, हेर्न बाँकी छ ।

षडङ्ग
sadanga 2राजनीतिका मुख्य ६ वटा चाललाई षडङ्ग भनिन्छ । ती चाल हुन्– सन्धि, विग्रह, ढुकाई, आक्रमण, तटस्था र शरण । ‘षडङ्ग’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । फिल्मका निर्देशक सुरज सुनार भने फिल्म राजनीतिक नभएको बताउँछन् । ‘फिल्ममा राजनीतिका विभिन्न ६ वटा मान्यता चाँही पाइनेछन्’, उनले भने ।

फिल्ममा सौगात मल्ल तराई लवजमा बोल्ने मधेसी पात्रका रुपमा देखिँदै छन् । प्रियंका कार्की, सौरमराज तुलाधार, अनुप बराल, विजय लामा पनि प्रमुख भूमिकामा छन् । अभिनेत्री हर्षिका श्रेष्ठलाई एउटा गीतमा देख्न पाइने छ ।

सुजेन्द्र डि कार्कीको संगीत, गोविन्द राईको नृत्य, अष्ट महर्जनको एक्सन, निमेष श्रेष्ठको सम्पादन र नरेन्द्र मैनालीको छायांकन रहेको यो फिल्मलाई पपकर्न पिक्चर्सले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्