‘साइकल’ मा ‘सोपिस’ छैनन् हर्षिका | अभिनय शशक्त छ : राजेन्द्र श्रेष्ठ



रंग खबर, काठमाण्डौं । आगामी चैत २० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘साइकल’ मा नायिका हर्षिका श्रेष्ठ ‘सोपिस’ हिराइनको रुपमा नभएको निर्माता राजेन्द्र श्रेष्ठले बताएका छन् ।
Harshika Shrestha

यो वर्ष प्रदर्शन भएको प्राय फिल्ममा हर्षिका सोलो हिरोइनको रुपमा देखिएकी छैनन् । उनले अभिनय गरेका दुई फिल्महरु ‘मुखौटा’ र ‘मिसन पैसा रिलोडेड’ मा उनको मात्र प्रमुख भुमिका थिएन् । अहिले प्रदर्शनरत फिल्म ‘षडङ्ग’मा पनि उनी एउटामात्र गीतमा देखिएकी छिन् । ‘तर हाम्रो फिल्ममा उनको भुमिका शसक्त छ’, रंगखबरसंग निर्माता श्रेष्ठले भने । निर्माता श्रेष्ठले फिल्ममा हर्षिकाले जुन पात्र निभाएकी छिन् त्यसमा न्याय गरेको समेत जानकारी गराए । हर्षिकाको अभिनय यात्रा फिल्म ‘अँगालो यो मायाको’ बाट शुरु भएको हो ।
Harshika 3निर्माता श्रेष्ठले ‘साइकल’ इच्छा शक्ति र गन्तब्य बोकेको एउटा सफल कथा रहेको बताएका छन् । ‘जिन्दगीलाइ जसले जसरि चलाउदा पनि हुन्छ । त्यसैले यसको हर ठाउमा छुट्टाछुट्टै ब्याख्या गरिएको हुन्छ । यसै गरी साइकलमा पनि जिन्दगीलाइ एउटा साइकल को रुपमा ब्याख्या गरिएको छ । ’, उनले भने । ‘सहि ढंगले साइकलको यात्रामा अगाडि बढियो भने साइकलले सहि गन्तब्य मा पु¥याउछ भने जस्तै अथक मेहनत, दृढ संकल्प र अटुट बिश्वासका साथ जस्तोसुकै उतार-चढावहरु पनि पार गर्दै जिन्दगी लाई सफल बनाउन सकिन्छ भन्ने यस कथाको मुख्य सार हो’, उनले थपे ।
Harshika and Vicky Malaशिव घिमिरेको कथा र निर्देशनमा बनेको यो फिल्ममा बिक्कि मल्ल, हर्षिका श्रेष्ठ, दिनेस डि.सी, बिजय देउजा, रामचन्द्र अधिकारी, रश्मि भट्ट, उत्तम के.सी., गोबिन्द के.सी., रोशन श्रेष्ठ, आनन्द पुन, ममता लुइटेल, अस्मिता दाहाल लगायतको अभिनय रहेको छ । फिल्ममा गायक राजेश पायल राइ र बिश्व साइकल यात्री पुष्कर शाह समेत अतिथि भुमिकामा रहेका छन् ।
Harshika Shrestha 2निरज कडेलको छाँयाङ्कन कविराज गहतराजको नृत्य निर्देशन, शंकर अधिकारी “घायल” को गीत, राजेन्द्र श्रेष्ठको संगीत रहेको यो फिल्ममा राजेश पायल राई, संजिवनी र शम्भु रैकाले स्वर दिएका छन् । फिल्ममा प्रदिप खड्काको द्वन्द रहेको छ भने नविन निरौलाको सम्पादन रहेको छ ।
Harshika Shrestha and Vicky

प्रतिक्रिया दिनुहोस्