चंखे शंखे पंखे : २० सेकेण्ड को दृश्यका लागि ‘मल्टिकप्टर’ प्रयोग (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । अर्को वर्षको प्रतिक्षित फिल्म मानिएको‘चंखे शंखे पंखे’ को एक दृश्य खिच्नको लागि ‘मल्टीकप्टर’को प्रयोग गरिएको छ । सुर्दशन थापाले निदेशन गरेको यो फिल्ममा जम्मा २० सेकेण्ड मात्र देखाईन दृश्यका लागि पनि कुनै ‘कम्प्रमाईज ‘नगरीकन ‘मल्टीकप्टर’ नै प्रयोग गरिएको छ । सुटिङ्ग युनिटले पुरा एक दिन लगाएर चलचित्रको सो दृश्य कैद गरेको छ ।
sankhey‘चलचित्रको स्क्रिप्टले मागे जति कुरामा हामीले कुनै कन्जुस्याई गरेका छैनौं, यो दृश्यमा मल्टीकप्टर नै चाहिने भएकाले प्रयोग गरिएको हो’, चलचित्रका निर्देशक सुर्दशन थापाले भने ।’  निकै महंगो बजेट खर्चिएर निर्माण हुदै गरेको यो फिल्मको ‘चंखे शंके पंखे’को सेटमा पनि निर्माण युनिटले निकै पैसा खर्च गरेको छ ।

Pankheyशनिबारे ग्रयाण्ड डी हस्पिटल परिसरमा ३० सकेण्ड फुटेज कैद गरेपछि फिल्मको ‘इन्डक्ल्याप’ पनि गरियो । हामीले आउँदो जेठ एक गते रिलिज हुने ‘चंखे शंखे पंखे’लाई सन्तोस सेनले बनाएका हुन् । चलचित्रमा सुर्दशन थापा स्वयंका अलावा सुवास थापा, पुजा शर्मा, प्रेम पुरी, राजाराम पौडेल लगायतले अभिनय गरेका छन् । यो फिल्मले जेठ १ गतेलाई प्रदर्शन मिती तय गरेको छ ।
Chankhey Sankhey Pankhey
chankhey

प्रतिक्रिया दिनुहोस्