‘साइकल’ को सुमधुर गीत सार्वजनिक | गीतमा हर्षिका र विक्कीको प्रेम (भिडियो)



रंग खबर, काठमाण्डौं । फिल्म ‘साइकल’ मा समावेश नयाँ प्रेम भाव झल्काउने सुमधुर गीत रिलिज भएको छ । राजेन्द्र श्रेष्ठको संगीत एवं शंकर अधिकारी ‘घायल’ को शब्द रहेको ‘म क्षितिज भए…’ बोलको गीतमा नायक विक्की मल्ल र नायिका हर्षिका श्रेष्ठको रामोन्टि दृश्यलाई देख्न सकिन्छ ।
Harshika 3भिडियोमा गीतको शब्द अनुसार हर्षिका र विक्कीको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ जसले दर्शकलाई लोभ्याउन सक्छ । सार्वजनिक फिल्म ‘साइकल’ को गीतमा शम्भू राइकाको स्वर छ भने फिमेल भर्सनमा संजिवनीको स्वरलाई सुन्न सकिन्छ । गीतको संगीत सुमधुर र स्वर मिठासपूर्ण लाग्छ । आउँदो चैत २० गते देखि प्रदर्शनमा आउने फिल्म ‘साइकल’ लाई शिव घिमिरेले निर्देशन गरेका हुन् ।

फिल्मलाई संगीतकार श्रेष्ठले निर्माण गरेका हुन् । फिल्म ‘साइकल’ उच्च शिक्षा पढ्ने युवा युवतीको प्रेम कथामा आधारित छ ।
हेर्नुस् गीत :-

प्रतिक्रिया दिनुहोस्