आयो ‘अधकट्टी’ प्रोमो, हास्ने होइन त ? (भिडियोसहित)



रंग खबर, काठमाण्डौं । संचारकर्मी सुव्रत आचार्यको डेब्यू निर्देशनमा बनेको प्रतिक्षित फिल्म ‘अधकट्टी’ को अफिसियल प्रोमो सार्वजनिक गरिएको छ ।  द्वारिका उदय प्रोडक्सनको प्रस्तुतीमा प्रदीप कुमार उदयले निर्माण गरेको ‘अधकट्टी’ को झण्डै दुई मिनेट लामो सार्वजनिक प्रोमो कमेडी अनि साँगेतिक छ ।
adhkatti

सार्वजनिक ‘अधकट्टी’ को प्रोमोमा मुख्य कलाकारहरु गौरव पहारी, रिस्ता बस्नेत, विल्सन विक्रम राई, अशिष्मा नकर्मी र नव नायक प्रदीप बाँँस्तोला सहित नायिका नम्रता श्रेष्ठलाई पनि छन् । यो फिल्ममा नम्रताको अतिथि भूमिका छ ।

बसन्त सापकोटा अतिथि र राजन इशानको संगीत रहेको यो फिल्ममा हरी लामा घलेको छायाँकन रहेको छ ।
आउँदो जेठ ८ गते देखि प्रदर्शनमा आउने फिल्म ‘अधकट्टी’ को प्रोमो हेरौं । के छैन त हँसाउने ?

प्रतिक्रिया दिनुहोस्