बाहिरियो ‘चंखे शंखे पंखे’ ट्रेलर | एउँटा नआउँदै, दुईटा निर्माणको घोषणा (भिडियो)



रंग खबर, काठमाण्डौं । ठुलो बजेटमा निर्माण भएको अर्को वर्षको प्रतिक्षित फिल्म ‘चंखे शंखे पंखे’ को ट्रेलर सार्वजनिक गरिएको छ । विहिबार राजधानीमा एक भब्य कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर रिलिजसंगै थप दुई प्रोजेक्ट निर्माणको घोषणा समेत गरियो ।
Chankheyपब्लिसिटी बाहेक फिल्म निर्माणमा मात्र १ करोड १० लाख लगानी लागेको ‘चंखे शंखे पंखे’ आउँदो जेठ १ गते रिलिज हुदैछ । कार्यक्रममा ‘चंखे शंखे पंखे’ रिलिज भएको ठीक दुई महिना पश्चात फ्लोरमा जानेगरी ‘प्रेम गीत’ नामक अर्को करोड बजेटको फिल्म निर्माण हुने घोषणा भएको हो । त्यस्तै,  फिल्मकी मुख्य हिरोइन पूजा शर्माले पनि निर्माता सन्तोष सेनसंग मिलेर ‘मीरा’ नामको फिल्म निर्माण गर्ने कार्यक्रममार्फत जानकारी गराईयो ।
Pankhey

फिल्म ‘मीरा’मा भने पुजा विशुद्ध निर्माता मात्र रहनेछिन्, हिरोईन भने अरु कसैलाई लिने कुरा भईरहेको स्वयं पुजाले बताएकी छिन् ।फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । बन्न लागेको फिल्म  ‘प्रेम गीत’मा लभर गर्लको भुमिकामा देखा पर्न लागेकी पुजालाई ‘चंखे शंखे पंखे’मा भने टेलिभिजन रिपोर्टरको रुपमा देख्न पाईनेछ ।
Chankhey Sankhey Pankheyआउँदो जेठ १ गते देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चंखे शंखे पंखे’ सुर्दशन थापा, सुवास थापा, प्रेम पुरी र पुजा शर्माको कमेडी सँगै राष्ट्रियताको कथा पनि देखाउन खोजिएको निर्देशक सुर्दशन बताउछन् । यता निर्माता सेन पनि निर्देशकले राम्रो फिल्म बनाईदिएको भन्दै निकै खुशी देखिए ।
SankheyWatch Trailer

प्रतिक्रिया दिनुहोस्