दयाहाङको ‘जिरो जिरो जेड’ मण्डलामा फेरी देखाँइदै



रंग खबर, काठमाण्डौं । गएको फागुन २९ गतेदेखि चैत १५ गतेसम्म मन्चन गरिएको नाटक ‘जिरो जिरो जेड’ दर्शकको अत्याधिक मागले गर्दा  शुक्रबार (आज) बाट मण्डला थिएटरले पुन: मन्चन गर्ने भएको छ ।
11112762_818953991493311_4357981292998163766_nधेरै नियमित दर्शकले हेर्न अझै बाँकी रहेकोले र मण्डलाको अर्को नाटक तयार भै नसकेकोले गर्दा पनि दर्शकको मागको मध्यनजर गर्दे बैशाक १३ गतेसम्म मन्चन गरिने निर्देशक दयाहाङ राईले बताए ।  एउटा घट्ना माथी बड्दै जाने घट्नाक्रमलाई देखाइएको नाटक एक रातको कथामा सकेका छन् लेखक तथा निर्देशक दयाहाङले । नाटक सकुन्जेलसम्मै मज्जाले मनोरञ्न लिन सकिने उक्त नाटकमा रियर राई ,भास्कर ओली र नाजिर हुसेनको दमदार प्रस्तुती हेर्न सकिने छ ।
11103256_950539258304157_1444280546330781493_oनाटकमा बिजय बराल,इगिहोपो कोइच सुनुवार,डिजे गुरुङ,शक्ति राई ,अमर भण्डारी,बिकाश जोशी, संयोग गुरागाइ,सुरज यादव लगायतले अभिनय गरेका छन् भने लाइट डिजाइन तथा अपरेटिङ अंकित खड्काले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्