शुक्रवारे मैदानमा ‘नाई नभन्नु ल ३’, ‘हवल्दार सुन्तली’, ‘सेतो बाघ’ | कसले मार्ला बाजी ?



रंग खबर, काठमाण्डौं, चैत २७– यो वर्षको अन्तिम शुक्रवार अर्थात आज तीन नेपाली फिल्महरु मैदानमा उत्रिएका छन् । नयाँ वर्षको छेको पारेर ‘नाई नभन्नु ल ३’, ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’ शुक्रवारे मैदानमा उत्रिएका हुन् । तीनवटै फिल्म ठूलो ब्यानर र ठू्ला निर्माताका हुन् । यि तीनवटै फिल्मको प्रतिष्पर्धालाई निर्माताहरुको प्रतिष्ठाको लडाईका रुपमा समेत लिइएको छ । आउनुस् तीनवटै फिल्मको विषयमा छोटो जानकारी लिऔँ :-
three film
नाइँ नभन्नू ल–३
सफल फिल्म ‘नाइँ नभन्नू ल’ र ‘नाइँ नभन्नू ल–२’ को तेस्रो सिक्वेल हो, फिल्म ‘नाइँ नभन्नू ल– ३’ । यो फिल्मलाई दुवै फिल्ममा सहायक निर्देशकको भूमिका सम्हालेका मुस्कान ढकालले निर्देशन गरेका हुन् । प्रेम र परिवारको कथा भनिएको यो फिल्मले संगीत र अनाथ बालबालिकाको विषयलाई उठाएको छ । फिल्ममा अनुभव रेग्मी, प्रियंका कार्की, आर्यन सिग्देल, सुरजसिंह ठकुरी, सञ्चिता लुइँटेल, संयम पुरी, आश्मा डीसी र सफला भट्टराईले अभिनय गरेका छन् । वसन्त सापकोटाले संगीत दिएको फिल्मको स्क्रिप्ट निर्माता विकास आचार्यले लेखेका हुन् ।

हवल्दार सुन्तली
हवल्दार सुन्तली धामीको बलात्कारको विषयलाई उठान गरेको फिल्म हो ‘हवल्दार सुन्तली’ । छविराज ओझाको निर्माणमा ऋषि लामीछानेले निर्देशन गरेको फिल्ममा शिल्पा पोखरेलको प्रमुख भूमिका छ । नारीप्रधान भनिएको यो फिल्ममा शिल्पासँगै सविन श्रेष्ठ र किशोर खतिवडा पनि प्रमुख भूमिकामा देखिएका छन् । फिल्ममा मदन काश्यप घिमिरेको छायांकन, कविराज गहतराजको नृत्य, दीपक शर्माको संगीत, चन्द्र पन्तको एक्सन छ ।

सेतो बाघ
डायमनशमशेर राणाको ऐतिहासिक उपन्यास ‘सेतो बाघ’ माथि बनेको फिल्म हो  ‘सेतो बाघ’ । फिल्मले जंगबहादुरका अन्तिम ३० दिनको कथा बोकेको छ । नीर शाहको निर्देशनमा बनेको यो फिल्ममा बीएस राणा जंगबहादुर राणाको भूमिकामा देखिएका छन् । अञ्जना कट्टेल, पवन मैनाली, राजाराम पौडेललगायत ६० भन्दा बढी कलाकारले फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्