कतारमा रुचाइएपछि श्रीमतीसहित ‘बिर्खे’ अष्ट्रेलिया उड्दै (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । नेपालबाट लगानी सुरक्षित गर्न सफल फिल्म ‘बिर्खेलाई चिन्छस्’ लाई लिएर निर्माता सुवास थापा कतार पुगेका छन् । फिल्मकी कलाकार तथा श्रीमती विनिता खड्कासहित कतार पुगेका निर्माता थापाले कतारवासी नेपालीहरुले फिल्म रुचाएको बताएका छन् ।
birkhey lai chinchas 2चितवन युवा समाजको ब्यवस्थापनमा दोहामा चलचित्रको शो आयोजना गरिएको हो । ‘दोहामा आयोजना गरिएको दुई शोबाट सकरात्मक प्रतिक्रिया पाएपछि आगामी २४ अप्रिलमा फेरी शो हुने भएको छ’, कतारबाट उनले जानकारी गराए । त्यस्तै निर्माता थापा दोहाबाटै सोमबार अष्ट्रेलियाको सिड्नी उड्दै छन् । १७ र १८ तारिख हुने शोमा सहभागी हुनका लागि त्यँहा जाने उनले बताए । अष्ट्रेलियामा उनी एक महिना रहने छन् ।

अराज केशवको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा नवनायिका आयुषा राईको पनि मुख्य भुमिका रहेको छ । तल तस्विरमा हेर्नुस् सुवास र विनितालाई :-
birkhey lai chinchas
birkhey 3
birkhey 4

birkhey 5

subas and binita

birkhey 2

प्रतिक्रिया दिनुहोस्